क्यान्सर पीडित जगत केसी बचाउँ अभियान
-
क्यान्सर पीडित जगत केसी बचाउँ अभियान
विकल्प /म्याग्दी पुस ३ गते । खुट्टाको हड्डीमा क्यान्सर भई हाल भरतपुर क्यान्सर अस्पताल चितवनमा उपचार गरिरहेका बेनी नगरपालिका १२ डडुवा निवासी जगत केसीको जिबन रक्षाका लागि बेनीमा आर्थिक संकलन अभियान सुरु गरिएको छ । बेनपा १२ डडुवामा रहेको ज्योति युवा क्लबले शुक्रवार सदरमुकाम बेनीबजारमा १३ वर्षीय क्यान्सर पीडित केसीको उपचारका…
पुरा पढ्नुहोस » -
माझफाँटमा जारी महायज्ञमा पचासलाख भन्दा वढि संकलन
विकल्प/म्याग्दी पुस ३ गते । उत्तरी पर्वतको मल्लाज माझफाँटमा आयोजना गरिएको महायज्ञमा शुक्रवार सम्म पचासलाख रुपियाँ भन्दा वढि आर्थिक संकलन भएको छ । महायज्ञमा माझफाँट निवासी हाल काठमाण्डौ वस्ने उद्योगी एवम् समाजसेवी शिवकुमार श्रेष्ठले २० लाख ४५ हजार १६२ रुपियाँ नगद दान गर्नुभएको महायज्ञ प्रचारप्रसार संयोजक नविन जिसीले जानकारी दिनुभयो ।…
पुरा पढ्नुहोस » -
धौलागिरीमा ३२ हजार लिटर पेट्रोल भित्रीयो,कालोबजारीहरु निराश
सन्तोष गौतम/विकल्प म्याग्दी,पुस २ गते । धौलागिरीका तिन जिल्लाको लागि एक महिनापछि ३२ हजार लिटर पेट्रोल भित्रीएको छ । पेट्रोल भित्रिएपछि अवैध तरिकाले जिल्लामा इन्धन ल्याई कालोबजारी गरेर पैसा कुम्लाउने कालोबजारीहरुमा भने निराशा छाएको छ । म्याग्दी, बागलुङ र पर्वत जिल्लाका ट्याक्सी, कार र मोटरसाईकलका लागि ठूलो मात्रामा पेट्रोल भित्रीएपछि राहत मिल्ने…
पुरा पढ्नुहोस » -
बेनी नगरपालीकाद्धारा अबैध रुपमा कर असुली
सन्तोष गौतम /विकल्प म्याग्दी,पुस २ गते । बेनी नगरपालीका कार्यालयले दुई पाङ्ग्रे सवारीधनीहरुबाट सेवा शूल्कको नाममा अबैध रुपमा कर असुली गरेको छ । पेट्रोल वितरणलाई सहज र ब्यवस्थित बनाउन उपभोक्ता परिचयपत्र जारी गर्ने क्रममा नगरपालीकाले स्थानीय निकाय सम्बन्धि ऐन नियमको उल्लङ्घन गर्दै अबैध रुपमा ‘लकबुक’ शिर्षकमा कर असुली गरेको हो । स्थानीय…
पुरा पढ्नुहोस » -
नेपाल लोकतान्त्रिक खेलकुद संघ म्याग्दी गठन, अध्यक्षमा दिपेन्द्र श्रेष्ठ
विकल्प/म्याग्दी पुस २ गते । नेपाली काँग्रेसको भातृ संगठन नेपाल लोकतान्त्रिक खेलकुद संघ म्याग्दी गठन भएको छ । जिल्लाका अग्रज खेलाडी दिपेन्द्र श्रेष्ठको अध्यक्षतामा बिहीबार १७ सदस्यीय तदर्थ समिति गठन गरिएको हो । संघका केन्द्रीय अध्यक्ष देवेन्द्र शेरचन, केन्द्रीय सदस्य केवी राना र यामकुमारी गुरुङ ‘अस्मिता’को सहभागितामा गठित समितिको उपाध्यक्षमा विक्रम बोगटी,…
पुरा पढ्नुहोस » -
दिपक बोगटीले गरे म्याग्दीमा आँखा शिवीरका लागि सहयोग
विकल्प /म्याग्दी पुस २ गते । म्याग्दी बेनपा रत्नेचौर निवासी हाल मलेशियामा सफल व्यवसायिका रुपमा चर्चित दिपक बोगटीले जिल्लामा आँखा शिवीर सञ्चालन गर्नका लागि आर्थिक सहयोग गर्नुभएको छ । उहाँले आँखा शिविर सञ्चालन गर्नका लागि आवश्यक पर्ने सम्पूर्ण आर्थिक सहयोग गर्ने बताउनुभएको छ । मानविय सेवा गर्नु नै ठूलो धर्म हुने भएकाले…
पुरा पढ्नुहोस » -
दुर्घटना न्युनीकरणका लागि ट्राफिक कक्षा सञ्चालन
सन्तोष गौतम/विकल्प म्याग्दी, पुष २ गते । म्याग्दीमा दुर्घटना न्युनीकरणका लागि प्रहरीले सवारी चालकहरुलाई ट्राफिक कक्षा सुरु गरेको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय म्याग्दीले जिल्लामा सञ्चालन हुने सार्वजनीक सवारी साधनका चालकहरुलाई दुर्घटना न्युननीकरण र सवारी नियम पालनाका लागि चनचेतना अभिवृद्धी गर्ने उद्देश्यले कक्षा सञ्चालन गरेको हो । अभियानको पहिलो दिन बिहीबार…
पुरा पढ्नुहोस » -
म्याग्दी भगवती गाउँको एउटा शुखी परिवारको कठिन यात्रा (तस्विर सहित)
ठाकुरप्रसाद आचार्य,हरिकृष्ण गौतम /विकल्प म्याग्दी,पुस २ गते । म्याग्दीको राखुभगवती–७ हुमेनटोलमा एउटा परिवार छ । हुन पनि पेसाले पुरेत्याईं गर्ने पृथ्वीलाल रिजालको ३५ वर्षअघिसम्म शान बेग्लै थियो । उतिबेला जातले पनि उपाध्याय ब्राम्हणको छोरा बेद, चण्डी, रामायण लगायतका धार्मिक कर्मकाण्डबारे जानकार रिजालका अघि गाउँमा कसैले ठाडो शिर गर्न सक्दैनथे । तिन छोरी…
पुरा पढ्नुहोस » -
एनआरएन कतारको महासचिवमा म्याग्दीका गर्बुजाको उम्मेदवारी
विकल्प /म्याग्दी पुस २ गते । गैरआवासीय नेपाली संघ (एनआरएन) राष्ट्रिय समन्वय परिषद्को २०१५ र १७ कार्यकालको लागि म्याग्दी सेवा समाजका निर्वतनमान अध्यक्ष इन्जिनियर नन्दप्रसाद गर्बुजाले महासचिवमा उम्मेदवारी दिएका छन् । म्याग्दी मराङ स्थायी घर भएका गर्बुजाले विगत जस्तै एनआरएनमार्फत आफ्ना कार्यक्रमहरूलाई कार्यान्वयन गराउन महासचिवमा उम्मेदवारी दिएको बताएका छन् । म्याग्दी सेवा…
पुरा पढ्नुहोस » -
गाउँको क्याम्पसलाई स्थानीयले जुटाए ८२ लाख
विकल्प /म्याग्दी पुस २ गते । म्याग्दीको ग्रामिण भेगमा रहेको एक क्याम्पसलाई स्थानीयले चन्दा र सहयोग अभियान सञ्चालनबाट ८२ लाख रुपियाँ संकलन गरेका छन् । जिल्लाको बावियाचौरमा रहेको मंगला शिक्षा क्याम्पस आर्थिक अभावमा परेपछि गाउँलेहरुले सुरू गरेको आर्थिक संकलन अभियानबाट गाउँमै उक्त रकम संकलन भएको हो । जिल्लाको पश्चिम भेगका ग्रामिण गाउँका…
पुरा पढ्नुहोस » -
एसएलसी परीक्षा चैत १८ देखि
१ पुस, भक्तपुर । तराई मधेसमा जारी आन्दोलनका कारण एसएलसी परीक्षाको तालिका समेत प्रभावित भएको छ । यसअघि चैत पहिलो हप्ता हुँदै आएको परीक्षा यसपटक दुई हप्ता पछि सरेको छ । परीक्षा समितिको बुधबारको बैठकले एसएलसी परीक्षा आउँदो चैत १८ गतेदेखि २९ गतेसम्म हुने गरी तालिका तय गरेको छ । यसअघि चैत…
पुरा पढ्नुहोस » -
यसरी मनायो न्यु वेष्ट प्वाईन्टले २३ औं वार्षिकोत्सव (फोटो सहित)
सन्तोष गौतम तस्विर प्रताप वानियाँ / विकल्प बेनी, पुस १ गते । म्याग्दीको बेनीमा रहेको न्यु वेष्ट प्वाईन्ट आवाशिय उच्च माविको २३ औ वार्षिक उत्सव तथा अभिभावक दिवस बुधबार सम्पन्न भएको छ । विद्यालयले वार्षिक उत्सव तथा अभिभावक दिवसको अवसरमा खेलकुद, सम्मान, पुरस्कार वितरण र सांस्कृतीक कार्यक्रमका साथै औपचारीक समारोहको आयोजना गरेको…
पुरा पढ्नुहोस » -
म्याग्दी सेवासमाज कतारका सदस्य बरुवाललाई बिदाई
तिलु शर्मा / विकल्प दोहाकतार, पुस १ गते । लामो समय देखि कतारमा रोजगारी गरेर वस्नुभएका मनक वरुवाललाई म्याग्दी सेवा समाज दोहाकतारले विदाई एवम् सम्मान गरेको छ । समाजका कार्यसमिति सदस्य समेत रहेका वरुवाल आफ्नो जन्म घर म्याग्दी फर्किदै हुनुहुन्छ । विदाइ कार्यक्रममा जिल्लाको सामाजिक कार्यमा पु¥याउनुभएको योगदानको कदर गर्दै बरुवाललाई सम्मान…
पुरा पढ्नुहोस » -
मिलनचोकमा सहकारी लेखा तालीम
विकल्प /म्याग्दी पुस १ गते । पर्वतको धाईरीङ गाविस स्थीत मिलनचोक बजारमा सहकारी लेखा तालीम सम्पन्न भएको छ । डिभिजन सहकारी कार्यालय बागलुङको आयोजना र कृष्णगंगा बहुउद्देश्यिय सहकारी संस्था मिलनचोकको संयोजनमा पाँच दिने तालीम सम्पन्न भएको हो । मंसिर २४ देखि २९ गतेसम्म सञ्चालन भएको तालीममा धाईरीङ, माझफाँट, लेकफाँट, नाग्लीवाङ क्षेत्रका विभिन्न…
पुरा पढ्नुहोस » -
स्वास्थ्यले गल्ती नदोहोराउने प्रतिवद्धता जनाएपछि औषधी प्रकरण टुङ्गीयो
सन्तोष गौतम/विकल्प म्याग्दी, मंसीर २९ गते । म्याद नाघेका औषधि नष्ट गर्दा गलत प्रक्रिया अपनाएको जिल्ला स्वास्थ्य कार्यालय म्याग्दीले गल्ती स्वीकार गर्दै आगामी दिनमा कमजोरी नदोहोराउने प्रतिवद्धता जनाएपछि औषधि जलाउँदा भएको लापरबाही प्रकरण टुङ्गीएको छ । मंसिर १४ गते जिल्ला अस्पताल परिसरमा स्वास्थ्य कार्यालयले औषधि जलाउँदा निस्कीएको मुस्लोले बजारबासीको स्वास्थ्यमा असर परेको…
पुरा पढ्नुहोस »