म्याग्दीको मराङलाई साक्षर गाविस घोषणा
-
म्याग्दीको मराङलाई साक्षर गाविस घोषणा
सन्तोष गौतम/विकल्प म्याग्दी,पुस ९ गते । म्याग्दीको मराङलाई बिहीबार साक्षर गाविस घोषणा गरिएको छ । सोही अवसरमा विद्यालय उमेर समूहका सबै बालबालिका विद्यालयको पहुँचमा रहेको गाविस पनि घोषणा गरिएको छ । मराङमा रहेका १५ देखि ६० वर्ष उमेर समूहका ९६ प्रतिशत बासिन्दाले अंक, अक्षर चिन्न, पढ्न र लेख्न सक्ने भएपछि गाउँ शिक्षा…
पुरा पढ्नुहोस » -
राहतको चमलमा किरा पर्न थालेपछि वितरण गर्न सुरु
सन्तोष गौतम/विकल्प म्याग्दी,पुस ९ गते । म्याग्दीमा सात महिनादेखि थन्किएको राहत सामाग्री वितरण गर्न सुरु भएको छ । बैशाख १२ र २९ गतेको भुकम्प पीडित र बर्खा सिजनमा पहिरो पीडितहरुलाई वितरणका लागि रुपन्देहीको राहत भण्डारण गृहबाट गत जेठ महिनामा ल्याइएको राहत सामाग्री बिहीबारदेखि पीडितलाई वितरण गर्न थालीएको हो । समयमै वितरण हुन…
पुरा पढ्नुहोस » -
काँग्रेसद्धारा दाना र नारच्याङमा संबिधान सम्बन्धि जानकारीमुलक कार्यक्रम
सन्तोष गौतम /विकल्प म्याग्दी,पुस ९ गते । नेपाली काँग्रेस म्याग्दीले जनताको आँगनमा काग्रेस अभियान अन्तरगत बिहीबार उत्तरी भेग दाना र नारच्याङ नयाँ संबिधानको बारेमा जानकारी मुलक कार्यक्रम सम्पन्न भएको छ । उक्त कार्यक्रममा प्रमुख अतिथि नेपाली काँग्रेस म्याग्दीका पुर्व सभापति डाक्टर भुपेन्द्र खड्काले नेपाली काँग्रेसको नेतृत्वमा जारी भएको नयाँ संबिधानले जनताको धेरै…
पुरा पढ्नुहोस » -
अखिल (क्रान्तिकारी)को म्याग्दी क्याम्पसमा संगठन विस्तार
विकल्प /म्याग्दी पुस ९ गते । अनेरास्ववीयू (क्रान्तिकारी) म्याग्दीले संगठन विस्तार तथा सुदृढिकरण अभियान अन्तर्गत बिहीबार म्याग्दी बहुमुखी क्याम्पसमा संगठन विस्तार गरेको छ । व्यवस्थापन संकायको तृृतीय वर्षमा सन्दीप नीउरेको अध्यक्षतामा २१ सदस्ययीय कमीटि गठन गरेको हो । कमीटिको उपाध्यक्षमा शंकर शर्मा, सचिवमा सुस्मा पाईजा कोषाध्यक्षमा दिपा फगामी र सहसचिवमा झपेन्द्र पुन…
पुरा पढ्नुहोस » -
म्याग्दीका मुस्लिम समुदायद्धारा अस्पतालका विरामीहरुलाई फलफूल वितरण
ठाकुरप्रसाद आचार्य/विकल्प पुस ९ गते । म्याग्दीका मुस्लिम समुदायले जिल्ला अस्पताल म्याग्दीका विरामीहरुलाई विहिवार फलफूल वितरण गरेका छन् । पैगम्बर मोहम्मदको १४७७ औं जन्म दिनका अवसरमा म्याग्दी मस्लिम समाज सेवा समितिद्धारा अस्पतालमा भर्ना भएका विरामीहरुलाई फलफूल वितरण गरेका हुन । मानवको सेवा गर्नु नै पैगम्बर मोहम्मदको आर्दश भएकाले उहाँको जन्मदिन पारेर अस्पतालमा…
पुरा पढ्नुहोस » -
जाडोमा हुने ४ प्रमुख स्वास्थ्य समस्या र जोगिने उपाय
विकल्प /म्याग्दी पुस,९ गते । जाडो मौसमसँगै विभिन्न खालका स्वास्थ्य समस्या देखा पर्दछन् । त्यसैले जाडोको समयमा चिसोका कारण हुने विभिन्न खालका रोगबाट जोगिने उपायमा ध्यान दिनुपर्छ । जाडो मौसममा हुने मुख्य ४ स्वास्थ्य समस्या र त्यसबाट बच्ने उपाय यस्ता छन्ः दम जाडो मौसममा दमका रोगीलाई निकै गाह्रो हुन्छ । चिसो हावा,…
पुरा पढ्नुहोस » -
आर्थिक समस्या झेल्दै बालोदय निमावि
प्रताप बानियाँ /विकल्प म्याग्दी, पुस ९ गते । म्याग्दीको कुहुँ–७ भर्जुलामा सञ्चालित बालोदय निम्न माध्यमिक विद्यालय आर्थिक समस्या झेल्न बाध्य भएको छ । विद्यालयमा रहेका कुल १२ ओटा कोठा र ब्राण्डमा प्लाष्टर गर्ने आर्थिक स्रोत नभएपछि विद्यालयले आर्थिक सङ्कट बेहोर्नुपरेको हो । कुहुँ गाविसको ३० हजार रुपैयाँ आर्थिक सहयोग, स्थानीयवासीबाट चन्दा सङ्कलन,…
पुरा पढ्नुहोस » -
बेनीका बानियाँको म्युजीक भिडीयो निर्देशनमा डेब्यु
सन्तोष गौतम/विकल्प म्याग्दी,पुस ९ गते । बेनीमा रहेर करिब आधा दशकदेखि मिडीया सम्बन्धि काम गर्दै आएका भुपेन बानियाँले म्युजीक निर्देशन तथा छायांकन सुरु गरेका छन् । यसका साथै उनले बेनीमै म्युजीक भिडीयो निर्माण सम्बन्धि काम पनि थालेका छन् । म्युजीक भिडीयो छायांकनका लागि पोखरा र काठमाडौ जाने गरेका धौलागिरीका कलाकारहरुले अब बेनीबाटै…
पुरा पढ्नुहोस » -
श्रेष्ठलाई ईन्टिगेटी आईडोल बनाउन अभियान तिव्र
सन्तोष गौतम/विकल्प म्याग्दी,पुस ९ गते । बेनी सामुदायीक उच्च माविका प्राचार्य दिपक श्रेष्ठलाई ईन्टिगेटी आईडोल बनाउन म्याग्दीमा अभियान तिब्र पारिएको छ । सार्वजनीक निकायमा उत्तरदायीत्वको प्रर्वद्धन र सिमित श्रोत साधनका बिच पनि उत्कृष्ट काम गर्ने सरकारी शिक्षक तथा कर्मचारीलाई प्रोत्साहन गर्ने उद्देश्यले एकाउन्टी बिलीटी ल्याबले प्रदान गर्न लागेको आईडोलको अन्तिम पाँच जनामा…
पुरा पढ्नुहोस » -
पात्लेखेत गाविसको वातावरणमैत्री विपद् व्यवस्थापन योजना निर्माणको तयारी
सन्तोष गौतम/विकल्प म्याग्दी,पुस ८ गते । पहिरोको जोखिममा रहेको म्याग्दीको पात्लेखेत गाविसको वातावरणमैत्री विपद् ब्यवस्थापन योजना निर्माण गर्ने तयारी भएको छ । संघिय मामिला तथा स्थानीय विकास मन्त्रालयले नमुनाको रुपमा म्याग्दीको पात्लेखेत र काभ्रेको चण्डनी मण्डन गाविसको वातावरणमैत्री विपद् ब्यवस्थापन योजना तयार गर्न प्राबिधिक अध्ययन सुरु गरेको छ । योजना निर्माणका लागि…
पुरा पढ्नुहोस » -
बाल कल्व गठन गर्न र बालबालीकाको सहभागिता गराउन निर्देशन
सन्तोष गौतम/विकल्प म्याग्दी,पुस ८ गते । म्याग्दीका स्थानीय विकास अधिकारी चिरञ्जिवी पौडेलले जिल्लाका सबै माविमा बाल कल्वको गठन गर्न र योजना तर्जुमाका क्रममा बालबालीकाको प्रतिनिधित्व गराउन निर्देशन दिनुभएको छ । जिविस अन्तरगतको मानव संसाधन केन्द्रले आयोजना गरेको बालमैत्री स्थानीय शासन सम्बन्धि गाविस सचिव र सामाजिक परिचालकहरुका लागि अभिमुखीकरण कार्यक्रमको बुधबार समापनका क्रममा…
पुरा पढ्नुहोस » -
बेनीमा अख्तियारको सामुदायीक शिक्षा कार्यक्रम
सन्तोष गौतम/विकल्प म्याग्दी,पुस ८ गते । म्याग्दीको बेनीमा बुधबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सामुदायीक शिक्षा कार्यक्रम गरेको छ । आयोगको क्षेत्रीय कार्यालय पोखराको आयोजनामा बेनी स्थित प्रकाश उच्च माविमा भ्रष्ट्राचार नियन्त्रणमा नागरीकको भुमिका विषयक अन्तरक्रियात्मक कार्यक्रम गरेको हो । आयोगको काम कारबाहीको बारेमा समुदाय स्तरमा जानकारी गराउने तथा भ्रष्ट्राचार नियन्त्रणका लागि समुदायमा…
पुरा पढ्नुहोस » -
निजी लगानीमा टिकोटमा सामुदायिक स्वास्थ्य केन्द्र
ठाकुरप्रसाद आचार्य/विकल्प न्यूज म्याग्दी, पुस ८ गते । जिल्लाको हिस्तान ५ टिकोट गाउँमा यहाँ एक समाजसेवीले निजी लगानीमा सामुदायिक स्वास्थ्य केन्द्र स्थापना गर्नुभएको छ । सामुदायिक स्वास्थ्य केन्द्रबाट टिकोटवासीले सुलभ तरिकाले स्वास्थ्य सुविधा लिएका छन् । टिकोटका स्थानीयवासी एवम् वेलायतका पूर्व गोर्खा सैनिक मेजर चन्द्रवहादुर पुन र उहाँको परिवारले स्वास्थ्य सुविधाबाट बञ्चित…
पुरा पढ्नुहोस » -
करेन्ट लागेर घाइते भएका बस्यालको उपचारका लागि कुबेतबाट आर्थिक सहयोग
सन्तोष गौतम/विकल्प म्याग्दी,पुस ८ गते । करेन्ट लागेर घाइते भएका म्याग्दीका एक युवाको उपचारका लागि कुबेतबाट आर्थिक सहयोग प्राप्त भएको छ । पिप्ले ७ का गोविन्द बस्यालको उपचारका लागि कुवेतमा रहेका म्याग्दी देविस्थानका डमप्रकाश बस्यालको पहलमा संकलित २२ हजार १२९ रुपैयाँ बुधबार हस्तान्तरण गरिएको छ । मिजार समाजले बेनीमा आयोजना गरेको कार्यक्रममा…
पुरा पढ्नुहोस » -
हिस्तानलाई सरसफाई युक्त र घरभित्रको घुँवामुक्त गाविस घोषणा (तस्विर सहित)
सन्तोष गौतम,ठाकुरप्रसाद आचार्य/विकल्प पुस ७ गते । म्याग्दीको पर्यटकीय हिस्तान गाविसलाई मंगलबार सरसफाईयुक्त र घरभित्रको घुँवामुक्त गाविस घोषणा गरिएको छ । जिल्ला खानेपानी तथा स्वच्छता समन्वय समितिको सहयोग र गाउँ स्तरीय समितिको आयोजनामा हिस्तानको होमस्टे गाउँका रुपमा प्रख्यात टिकोटमा एक समारोहको आयोजना गरि सरसफाई युक्त र घुँवामुक्त घोषणा गरिएको हो । हिस्तानमा रहेका…
पुरा पढ्नुहोस »