म्याग्दी सिमलचौरका युवा कृषकहरु प्रविधि मैत्री हुँदै – ईन्टरनेटको भरमा माछापालन
-
म्याग्दी सिमलचौरका युवा कृषकहरु प्रविधि मैत्री हुँदै – ईन्टरनेटको भरमा माछापालन
सन्तोष गौतम/विकल्प न्यूज म्याग्दी,फागुन ३० गते । म्याग्दीको बाबियाचौर २ सिमलचौरमा युवाहरुले ईन्टरनेटबाट प्राप्त गरेको प्राबिधिक जानकारीको आधारमा ब्यवसायीक माछापालन गरेका छन् । माछापालन र अर्गानीक तरकारी खेती गरेका सिमलचौरको केडी एग्रो फार्मका सञ्चालक जिवन र अशोक पौडेलले ईन्टरनेटमा प्राबिधिक जानकारी खोजेर ब्यवसाय सुरु गरेका हुन् । ‘कृषि सेवा केन्द्रका कृषि प्राबिधिकलाई…
पुरा पढ्नुहोस » -
रिपोर्टर डायरी ः टोड्केलाई पर्यटक गन्तब्य बनाउन पहल(फोटो सहित)
सन्तोष गौतम/विकल्प न्यूज । म्याग्दी/पहाडको टाकुरामा समथर भुगोल । उत्तर र पुर्वतर्फ लहरै हिमाल । बिहानीमा चम्कीलो प्रकाश छर्दै उदाउने सूर्योदय । बसन्त ऋतुमा ढकमक्क फुल्ने लालीगुराँसको पुष्ठभुमिमा तल हेर्दा देखिने ग्रामिण बस्ती । मगर समुदायको बाहूल्य बसोबास भएका गाउँ, परम्परागत कला र संस्कृती, आत्मीय आतिथ्यता, जैविक बिबिधतामा मात्रै सिमित छैन म्याग्दीको…
पुरा पढ्नुहोस » -
क्षेत्रीय भलिबलको उपाधी पर्वतलाई
विकल्प न्यूज/बेनी फागुन ३० गते । दोस्रो टोड्के महोत्सव अन्तरगत आयोजित पश्चिमाञ्चल क्षेत्रस्तरीय खुल्ला पुरुष भलिबल प्रतियोगिताको उपाधी पर्वतले जितेको छ । शनिबार सम्पन्न फाइनल खेलमा स्याङ्जालाई २ का विरुद्ध ३ सेटले पछि पर्वत बिजयी भएको हो । यसैगरी गाविस स्तरीय महिला भलिबल प्रतियोगितामा झिँ बिजेता र शालीजा गाविसको टिम उपबिजेता भएका…
पुरा पढ्नुहोस » -
पचास हजार पाहुना भित्र्याउदै सकियो टोड्के महोत्सव
सन्तोष गौतम/विकल्प न्यूज म्याग्दी,फागुन ३० गते । मध्य म्याग्दीको पर्यटकीय तथा धार्मीक हिसावले सम्भावनायुक्त टोड्केमा पचास हजार जना आन्तरीक पर्यटक भित्र्याउदै दोस्रो टोड्के महोत्सव शनिबार सकिएको छ । टोड्के क्षेत्र विकास कोषले कुुँहु, झिँ, पात्लेखेत, पाखापानी गाविस र बेनी नगरपालीका १२को सिमा क्षेत्रमा पर्ने टोड्केको सम्भावना उजागर र प्रचारप्रसारको माध्यमबाट पर्यटन विकास…
पुरा पढ्नुहोस » -
रेडक्रस रत्नेचौर उपशाखामा भण्डारी
विकल्प न्यूज /बेनी म्याग्दी, फागुन ३० गते । नेपाल रेडक्रस सोसाइटी रत्नेचौर उपशाखा म्याग्दीको शनिबार सम्पन्न १२औं साधारणसभा तथा चौथो अधिवेशनले टेकबहादुर भण्डारीको सभापतित्वमा नयाँ कार्यसमिति चयन गरेको छ । उपशाखाको उपसभापतिमा बसन्तबहादुर बोगटी, सचिवमा एकादत्त शर्मा र कोषाध्यक्षमा टेकबहादुर थापा रहेका छन् । यसैगरी समितिको सदस्यहरुमा सन्तोष रावल, नेत्रबहादुर महत, एकेन्द्रबहादुर…
पुरा पढ्नुहोस » -
रुमका सम्भाव्य उद्यमीहरुलाई व्यवसाय सचेतना तालिम
प्रताप बानियाँ /विकल्प न्यूज म्याग्दी, फागुन ३० गते । पश्चिम म्याग्दीको रुम गाविसका सम्भाव्य उद्यमीहरुलाई व्यवसाय सचेतना तथा शुरु तालिम दिइएको छ । घरेलु साना उद्योग विकास समिति म्याग्दी र लघुउद्यम विकास कार्यक्रम क्षेत्रीय कार्यालय पोखराको सहयोग तथा संगम म्याग्दीको आयोजनामा उनीहरुलाई तालिम प्रदान गरिएको हो । गरिबी निवारणका लागि लघुउद्यम विकास…
पुरा पढ्नुहोस » -
प्रशारण लाइनको ढिलाइका कारण मिस्त्रीखोला आयोजना प्रभावित
ठाकुरप्रसाद आचार्य/विकल्प म्याग्दी,फागुन ३० गते । प्रशारण लाइन निर्माणको ढिलाईले पाँच वर्ष अघि सूरु भएको यहाँको एक जलविद्युत आयोजनाको काम ठप्प भएको छ । जिल्लाको दानामा केन्द्रिय विद्युत प्रशारण लाईनको सबस्टेशन निर्माणमा ढिलाई हँुदा नारच्याङ गाविसमा निर्माणधिन अवस्थामा रहेका ४२ मेघावाट क्षमताको मिस्त्रीखोला जलविद्युत आयोजनाको काम प्रभावित बनेको आयोजनाले जनाएको छ । रोवस्ट…
पुरा पढ्नुहोस » -
-
पर्वतको धाईरीङ लालुङखानीमा आगोलागी हुँदा पाँच घर जले
सन्तोष गौतम/विकल्प न्यूज पर्वत,फागुन २९ गते । पर्वतको धाईरीङ १ लालुङ खानीको वनमा भएको डडेलो बस्तीमा पस्दा पाँच वटा घर जलेर नष्ट भएका छन् । शुक्रबार दिउँसोदेखि जंगलमा लागेको आगो फैलीएर बस्तीमा पुग्दा साँझ घर जलेर नष्ट भएको हो । दिपा आचार्य, उजेली दमै, कर्णबहादुर दमै, मने दमाई र कृष्णबहादुर दमैको घरगोठ…
पुरा पढ्नुहोस » -
वाईसीएलको जिल्ला सम्मेलन आयोजक कमिटि गठन
विकल्प न्यूज/बेनी फागुन २९ गते । एकिकृत नेकपा माओवादी निकट युवा संगठन वाईसीएलको शनिबार बेनीमा सम्पन्न भेलाले किशोर केसीको संयोजकत्वमा जिल्ला सम्मेलन आयोजक कमिटि गठन गरेको छ । २५ सदस्यीय सम्मेलन आयोजक कमिटिको सदस्यहरुमा लक्ष्मण किसान, सन्दिप कार्की, रिजन सापकोटा, चित्र गर्बुजा, देवेन्द्र चोखाल, प्रेम गुरुङ, अशोक खत्री लगायत रहनुभएको एकिकृत नेकपा…
पुरा पढ्नुहोस » -
मानवअधिकार तथा शान्ति समाजद्धारा कालीगण्डकी सफाई अभियान सुरु
विकल्प न्यूज/बेनी म्याग्दी,फागुन २९ गते । मानवअधिकार तथा शान्ति समाज जिल्ला शाखा म्याग्दीले शनिबारदेखि कालीगण्डकी नदी सफाई अभियान सुरु गरेको छ । धार्मीक एवं पर्यटकीय दृष्टिकोणले सम्भावनायुक्त कालीगण्डकीमा बढ्दो प्रदुषण न्युनीकरण र नदी सरसफाईप्रती सचेतना फैलाउने उद्देश्यले अभियान सुरु गरिएको शाखाले जनाएको छ । बेनी बजार स्थित म्याग्दी र कालीगण्डकी नदीको दोभानबाट…
पुरा पढ्नुहोस » -
चिमखोलामा सम्पन्न घुम्ती शिवीर मार्फत एक हजार जना भन्दा बढी लाभान्वित
सन्तोष गौतम/विकल्प न्यूज म्याग्दी, फागुन २९ गते । म्याग्दीको चिमखोलामा शनिबार सम्पन्न एकिकृत घुम्ती शिवीर मार्फत एक हजार जना भन्दा बढी सर्वसाधारण लाभान्वित भएका छन् । जिल्ला प्रशासन कार्यालयको संयोजन र नेपाली सेनाको ईन्द्रबक्स गणको व्यवस्थापनमा सञ्चालन भएको शिवीरमा चिमखोला, कुईनेमंगले, दग्नाम र पाखापानी गाविसका सर्वसाधारणले गाउँमै सर्वसुलभ रुपमा सरकारी सेवा प्राप्त…
पुरा पढ्नुहोस » -
प्रतिक्षालय उद्घाटन….
म्याग्दीको चिमखोला स्थित मण्डली मन्दिर परिसरमा नेपाली सेनाको ईन्द्रबक्स गण र स्थानीय बासिन्दाको सहकार्यमा निर्माण भएको प्रतिक्षालयको उद्घाटन गर्नुहुदै पश्चिम पृतनाका उपरथी रमेशकुमार पुन । तस्विर सन्तोष गौतम, म्याग्दी
पुरा पढ्नुहोस » -
चिमखोलामा नेपाली सेनाको स्वास्थ्य शिवीर(फोटो)
म्याग्दीको दुर्गम चिमखोलामा नेपाली सेनाको ईन्द्रबक्स गणले शुक्रबार र शनिबार सञ्चालन गरेको निशूल्क स्वास्थ्य शिवीरमा उपचार गरिदै । शिवीरबाट करिब पाँच सय जना सर्वसाधारण लाभान्वित भएका छन् । तस्विर सन्तोष गौतम, म्याग्दी
पुरा पढ्नुहोस » -
अखिलको एकल नृत्य प्रतियोगितामा डनिङ स्कुल प्रथम
प्रताप बानियाँ/विकल्प न्यूज म्याग्दी, फागुन २९ गते । पश्चिम म्याग्दीको दर्बाङमा शुक्रबार सम्पन्न माविस्तरीय खुल्ला एकल नृत्य प्रतियोगितामा डनिङ बोर्डिङ स्कुल बाबियाचौर प्रथम भएको छ । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) जनप्रिय उच्च मावि कमिटीले आयोजना गरेको नृत्य प्रतियोगितामा डनिङ स्कुलकी अनिशा रोका प्रथम भएकी हुन् । यसैगरी जनप्रिय उच्च…
पुरा पढ्नुहोस »