जलजलामा कक्षा ८ को नतिजामा सुधार
-
जलजलामा कक्षा ८ को नतिजामा सुधार
ठाकुरप्रसाद आचार्यबैशाख १ गते । पर्वतको जलजला गाउँपालिकाले सामुदायिक विद्यालयमा शिक्षाको गुणस्तर सुधारका लागि शैक्षिक कार्ययोजना निर्माण गरी कार्यान्वयन गरेपछि नतिजामा सुधार आएको छ । शैक्षिक गुणस्तर कमजोर भएपछि पालिकाले दुईवर्ष अघि देखि गुणस्तर वृद्धिका लागि कार्ययोजना निर्माण गरी लागू गरेको थियो । पालिकाले आइतबार प्रकाशित गरेको आधारभूत तहको शैक्षिक नतिजामा सुधार…
पुरा पढ्नुहोस » -
३४ बोराबाट ८९४ केजी शालिग्राम बरामद
विकल्प न्यूज/बेनीबैशाख १ गते । प्रहरीले अवैध शालिग्राम बरामद गरेको छ । ३४ वटा सेतो बोरामा ‘प्याकिङ’ गरिएको ८९४ केजी शालिग्राम बरामद गरिएको जिल्ला प्रहरी कार्यालय मुस्ताङले जनाएको छ । मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउँपालिका–३, घमिबाट जोमसोमतर्फ आउँदै गरेको ग३च ८१५२ नम्बरको बोलेरो जीपमा अवैध शालिग्राम फेला पारी नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालयका…
पुरा पढ्नुहोस » -
बेनी नगरको कक्षा ८ को नतिजा ः दुई विद्यालय शून्य,११ कमजोर
विकल्प न्यूज\बेनीचैत ३० गते । बेनी नगरपालिकाको आधारभूत तह कक्षा ८ को नगरस्तरीय परीक्षामा सहभागी ३३ विद्यालय मध्य दुईवटा सामुदायिक विद्यालयको नतिजा शून्य भएको छ भने ११ वटा विद्यालयको नतिजा कमजोर देखिएको छ । नगरपालिकाले हालै मात्र प्रकाशित गरेको कक्षा ८ को नतिजामा बेनी नगरपालिका वडा नम्बर १ स्थित भानु माध्यमिक विद्यालय…
पुरा पढ्नुहोस » -
मंगलामा पालिकास्तरीय अस्पताल भवन अलपत्र
म्याग्दी, चैत २९ गते । मङ्गला गाउँपालिकास्थित १० शय्या क्षमताको पालिकास्तरीय अस्पताल भवन अलपत्र बनेको छ । विसं २०७८ असारमा दुई वर्षभित्र सम्पन्न गर्नेगरी रु नौ करोड ११ लाखमा ओमबुद्ध इन्टरनेसनल कन्ट्रक्सनले ठेक्का लिएको थियो । मङ्गला–५ हाडेभिरस्थित निर्माणाधीन भवन पछिल्लो एक वर्षयता कुनै पनि भौतिक प्रगति नभएको गाउँपालिकाका उपाध्यक्ष पेमा अधिकारी…
पुरा पढ्नुहोस » -
सुशील गर्बुजा हत्यामा संलग्न थप नौ जनालाई एक वर्ष कैद सजाय
म्याग्दी, चैत २९ गते । एक वर्षअघि बेनी बजारमा भएको सुशील गर्बुजाको हत्यासम्बन्धी मुद्दामा ९ जनालाई जिल्ला अदालत म्याग्दीले एक÷एक वर्ष कैद सजायको फैसला गरेको छ । यसअघि हत्याका मुख्य अभियुक्त ६ जनालाई दोषी ठहर गर्दै जन्मकैदको फैसला गरेको थियो । बुधवार न्यायाधीश प्रकाशप्रसाद पण्डितको इजलासले उत्सव पुन, मनिष तिलिजा,सञ्जन खत्री, प्रवीण…
पुरा पढ्नुहोस » -
जलजला फर्सेकी सावित्री खत्रीको लोभलाग्दो च्याउखेती
पर्वत, चैत २६ गते । जलजला गाउँपालिका–८ फर्सेकी सावित्री खत्री व्यावसायिक च्याउखेतीबाट मनग्य आम्दानी गर्न सफल हुनुभएको छ । कृषि पेसाबाट गाउँमै केही गर्न सकिन्छ भनेर विगत ११ वर्षदेखि व्यावसायिक कृषिखेतीमा सक्रिय खत्रीले च्याउ र तरकारीखेतीबाट बर्सेनि १२ लाखभन्दा बढी आम्दानी गर्न थाल्नुभएको छ । चार वटा गुम्बज टनेलमा कन्ये र गोब्रे…
पुरा पढ्नुहोस » -
ट्याक्टर दुर्घटनाका मृतकका परिवारलाई आर्थिक सहयोग
म्याग्दी (दरबाङ), चैत २६ गते । लुलाङका ट्याक्टर दुर्घटनामा परी ज्यान गुमाएका र घाइते भएकाको परिवारलाई प्रवासीहरुले अर्थिक सहयोग गरेका छन् । म्याग्दीको धवलागिरी गाउँपालिका–२, लुलाङमा यही चैत ७ गते र कात्तिकमा छु्ट्टाछुट्टै ट्याक्टर दुर्घटनामा ज्यान गुमाएका र घाइते भएकाको पीडित परिवारहरुलाई सोही वडा घर भई हाल अमेरिका निवासी तारा गौचनको नेतृत्वमा…
पुरा पढ्नुहोस » -
म्याग्दी प्रतिष्ठानलाई उपाधि
(बागलुङ), चैत २६ गते । चैत्राष्टमी मेलामा आयोजना गरिएको राष्ट्रिय दोहोरी गीत प्रतियोगिताको उपाधि म्याग्दी प्रतिष्ठानले हात पारेको छ । मेलाको मुख्य आकर्षण पहिचानका रूपमा रहेको दोहोरी गीत प्रतियोगिताको सोमबार अन्तिम प्रतिस्पर्धामा म्याग्दी प्रतिष्ठानका निशान्त विक र सपना रोकाले जित्नुभएको हो । प्रतियोगितामा बागलुङ प्रतिष्ठानका सुमन खड्का र निशा गुरुङ द्वितीय हुनुभयो । यस्तै तृतीय…
पुरा पढ्नुहोस » -
बेनीमा सडक ढलानपछि यात्रा सहज
विकल्प न्यूज/बेनीचैत २५ गते । बेनी देखि ग्रामिण वस्ती जोड्ने सडक ढलान पछि आवतजावतमा सहज भएको छ । बेनी नगरपालिका र रघुगंगा गाउँपालिका जोड्ने बेनी–अर्थुङ्गे–तोरीपानी–पाखापानी सडक अन्तर्गत बेनी–पाखापानी सडकको प्रवेश विन्दु,रातोपहिरो र बेनी नगरपालिका वडा नम्बर १० स्थित पात्लेखेतमा गरी नौसय ८ मिटर सडक स्तरोन्नति सहित ढलान गरेपछि यात्रा सहज भएको हो…
पुरा पढ्नुहोस » -
आँटेको पु-याइदेउ बागलुङ कालिका…
गण्डकी, चैत २५ गते । जब चैतेदसैँ आउँछ अनि सम्झिइन्छ, उही पुरानो गीत ‘आँटेको पु-याइदेउ रेशम बागलुङ कालिका...’, २०५४ सालतिर गायक शुभराम भारी र गायिका बिमाकुमारी दुराले यो गीत गाउनुभएको थियो । त्यसयता पनि कालिका भगवतीको महत्व र महिमा उजागर गर्दै कैयन गीत रचिए र गाइए । गीतले भनेझैँ मनले आँटेताकेको पूरा…
पुरा पढ्नुहोस » -
चिमखोलाको भूमेपूजाले आन्तरिक पर्यटन प्रवर्द्धनमा टेवा
म्याग्दी (बेनी), चैत २१ गते । यहाँको रघुगङ्गा गाउँपालिका–७ चिमखोलाको भूमेपूजा आन्तरिक पर्यटन प्रवर्द्धनको माध्यम बनेको छ । परम्परागत रूपमा हुँदै आएको भूमेपूजामा गरिने सांस्कृतिक उत्सवले आन्तरिक पर्यटन प्रवर्द्धनमा टेवा पु¥याएको स्थानीयको बुझाइ छ । मगर समुदाय बाहुल्य क्षेत्रमा प्रकृतिपूजाका रूपमा भूमेपूजा गरिने भए पनि चिमखोलामा यस अवसरमा अनौठा र मौलिक संस्कृतिको…
पुरा पढ्नुहोस » -
निःशुल्क मुटु परीक्षण तथा उपचार शिविरमा एघारसय बढीले लिए सेवा
विकल्प न्यूज/बेनीचैत २० गते । दुईदिन सम्म बेनीमा संचालन भएको निशुल्क मुटुरोग परीक्षण तथा उपचार शिविरबाट एघारसय भन्दा लाभान्वित भएका छन् ।जिल्ला समन्वय समिति म्याग्दी सहित जिल्लाका ६ वटै स्थानीय तहको आयोजना र शहीद गंगालाल राष्ट्रिय हृदयरोग केन्द्र काठमाण्डौंको प्राविधिक सहयोगमा मंलबार र बुधबार संचालित शिविरको पहिलो दिन ५ सय ६५ र…
पुरा पढ्नुहोस » -
पत्रकार रजकको हत्यामा संलग्नलाई कारवाहीको मागसहित ध्यानाकर्षण पत्र
विकल्प न्यूज/बेनीचैत २० गते । एभिन्यूज टेलिभिजनमा कार्यरत पत्रकार सुरेश रजकको हत्यामा संलग्नलाई कारवाहीको माग गर्दै म्याग्दीमा ध्यानाकर्षणपत्र बुझाइएको छ । नेपाल पत्रकार महासंघ जिल्ला शाखा म्याग्दीले पत्रकार रजकको हत्यामा संलग्नलाई तत्काल कारवाहीको मागसहित बुधवार प्रमुख जिल्ला अधिकारीमार्फत सरकारलाई ध्यानाकर्षणपत्र बुझाएको हो । यही चैतको १५ गते शुक्रवार देशको सङ्घीय राजधानी काठमाडौंको…
पुरा पढ्नुहोस » -
जलविद्युत आयोजनाको बदमासीले पाँच वर्षमा पनि पुल निर्माण थालिएन
म्याग्दी, चैत २० गते । मालिका गाउँपालिका–५ र धवलागिरि गाउँपालिका–७ नम्बर वडाको सिमाना भएर बग्ने दाङखोलामा १८ मिटर लामो पुल निर्माण गर्न सम्झौता भएको पाँच वर्ष बितिसक्दा पनि काम सुरु भएको छैन । धवलागिरि गाउँपालिका–७ का वडाध्यक्ष अशोक खत्रीका अनुसार २०७८ साल जेठ ८ गते सम्पन्न हुनुपर्ने पुलको निर्माण सुरु नभएको हो…
पुरा पढ्नुहोस » -
संस्थागत क्षमता मूल्यांकनमा गण्डकीकै प्रथम बन्यो जलजला
विकल्प न्यूज/बेनीचैत २० गते । स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कनमा पर्वतको जलजला गाउँपालिका गण्डकी प्रदेशमा नै प्रथम बनेको छ। प्रदेशका ८५ वटा स्थानीय तहहरूमध्ये जलजला गाउँपालिकाले एक सय पूर्णाङ्कमा ९८।५ प्रतिशत अङ्क प्राप्त गरेको छ। स्वमूल्याङ्कन अन्तर्गत शासकीय प्रबन्धमा नौ, सङ्गठन तथा प्रशासनमा आठ, वार्षिक बजेट तथा योजना व्यवस्थापनमा ११, वित्तीय एवं…
पुरा पढ्नुहोस »