म्याग्दीमा पशुपालन विकास र प्रवद्र्धनका विभिन्न कार्यक्रम कार्यान्वयन सुरु
विकल्प न्यूज
भदौं २४ गते ।
पशुपालन व्यवसायको प्रवद्र्धन र किसानको आयआर्जनमा टेवा पु¥याउने उद्देश्यले भेटेरिनरी अस्पताल तथा पशुसेवा कार्यालयले चालु आर्थिक वर्षका लागि विनियोजन भएको १ करोड ५९ लाख रुपियाँ बराबरका विभिन्न कार्यक्रम कार्यान्वयन सुरु गरेको छ ।
गण्डकी प्रदेश सरकारले चालु आर्थिक वर्षमा पशुसेवा क्षेत्रका कार्यक्रम सञ्चालनका लागि म्याग्दीमा प्राप्त भएको बजेट कार्यान्वयन सुरु गरिएको कार्यालयका पशुस्वास्थ्य अधिकृत सुभाष रेग्मीले जानकारी दिनुभयो । उहाँका अनुसार पूँजीगत तर्फ १५ लाख र चालु कार्यक्रम तर्फ १ करोड ४४ लाख रुपियाँ बजेट पशुपालानका क्षेत्रमा खर्च गरिने छ ।
पशुपन्छी तथा मत्स्यव्यवसाय प्रवद्र्धन कार्यक्रम तर्फ ४० लाख ६० हजार रुपियाँ ,पशुस्वास्थ्य कार्यक्रम तर्फ २१ लाख २० हजार रुपियाँ,पशु आहार,पशु प्रजनन,पशु आनुवांशिक र पशुपन्छी बजार तर्फ १४ लाख ७० हजार रुपियाँ,एकिकृत स्वास्थ्य,क्षमता अभिवृद्धि कार्यक्रम तर्फ ६ लाख रुपियाँ र सुशासन तथा पारदर्शीता,पशुमा पूर्ण खोप र अन्य कार्यक्रमका लागि ६१ लाख ८२ हजार रुपियाँ बजेट खर्च हुने कार्यालयका पशुस्वास्थ्य अधिकृत रेग्मीले जानकारी दिनुभयो ।
उहाँका अनुसार दूध उत्पादन गर्ने किसानलाई उत्पादनमा आधारित प्रोत्साह कार्यक्रमका लागि यस वर्ष २४ लाख रुपियाँ विनियोजन भएको छ । चालु आर्थिक वर्षका लागि विनियोजन भएको बजेट तथा कार्यक्रम कार्यान्वयन सुरु भएको कार्यालयले जनाएको छ ।
फार्म यन्त्रिकरण कार्यक्रम,कालिगण्डकी कोरिडोर केन्द्रित पशुपन्छी तथा मत्स्य उत्पादन प्रवद्र्धन,बाँझो जमिनमा घाँस खेती कार्यक्रम,पशु अनुवांशिक स्रोत संरक्षण कार्यक्रम,डेरी पसल,माछामासु पसल सुधार तथा बधस्थल निर्माण कार्यक्रम,पशुपन्छीमा लाग्ने आकस्मिक रोग नियन्त्रण कार्यक्रम,पशुपन्छीमा पूर्ण खोप कार्यक्रम र पशुप्रजनन तथा नश्ल सुधार कार्यक्रम लगायतका पशुपालक किसानलाई लक्षित गरेर कार्यक्रमहरु सञ्चालन गरिने कार्यालयले जनाएको छ ।
प्रतिक्रिया राख्नुहोस्