आज राति भारी वर्षाको सम्भावना
देशभर मनसुनी वायुको प्रभाव पुनः तीव्र बनेसँगै देशका अधिकांश भू-भागमा मौसमी गतिविधि बढेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखा तथा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका पछिल्लो रियल-टाइम डाटा र मौसमविद्हरूको विश्लेषणअनुसार आज रातिदेखि भोलिसम्म देशका अधिकांश पहाडी भू-भागमा मनसुन थप सक्रिय हुने देखिएको छ ।
वरिष्ठ मौसमविद् विनोद पोखरेलले आगामी ३६ घण्टाको घण्टावार मौसम पूर्वानुमान सार्वजनिक गर्दै भनेका छन, “आज दिउँसोदेखि नै नेपालभरि वर्षाका लागि अनुकूल वातावरण बनेको छ । कोशी र मधेश प्रदेशका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको आकलन गरिए पनि अरू प्रदेशका अधिकांश स्थानमा वर्षाको राम्रो सम्भावना छ । विशेष गरी बागमतीदेखि सुदूरपश्चिम प्रदेशसम्म भारी वर्षाको सम्भावना रहेको छ ।”
पाेख्रेले सार्वजनिक गरेकाे रियल-टाइम भू-उपग्रहमा अधारित न्यूमेरिकल मोडलले गण्डकी प्रदेशका कास्की, पर्वत, म्याग्दी, बाग्लुङ क्षेत्रमा आज राति र भोलि बिहानसम्म हुरीबतास, चट्याङ र मेघगर्जनसहित वर्षाको सम्भावना देखाएको छ । मौसमविद्का अनुसार बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा भारी वर्षाको प्रवल सम्भावना छ ।
प्रतिक्रिया राख्नुहोस्