अनेरास्ववियुको अध्यक्षमा पौडेलको उम्मेदवारी दर्ता
विकल्प न्यूज\काठमाण्डौं
जेठ २७ गते ।

नेकपा एमालेनिकट अनेरास्ववियुको अध्यक्ष पदका लागि म्याग्दीका प्रकाश पौडेलले आफ्नो उम्मेदवारी दर्ता गर्नुभएको छ ।
निर्वाचन कार्यतालिका अनुसार, उहाँले केहीबेर अघि उम्मेदवारी दर्ता गराउनुभएको हो । अनेरास्ववियुको २४ औं राष्ट्रिय महाधिवेशन कीर्तिपुरमा जारी छ । सहमतिको अधिकतम प्रयास विफल भएपछि निर्वाचन हुन लागेको हो ।
अध्यक्षमण्डलका तर्फबाट मंगलबार बिहान सुजन कडरियालाई अध्यक्ष प्रस्ताव गरिएपछि विरोध भएको थियो । प्रतिनिधिहरूले हलमै नाराबाजी गरेपछि निर्वाचन समितिले कार्यतालिका सार्वजनिक गरेको थियो ।
२०६७ सालको जनकपुर महाधिवेशनमा प्रतिनिधि रहेका पौडेल तत्कालीन धवलागिरि अञ्चलमा केपी शर्मा ओली पक्षमा खुल्नेमध्ये अग्रभागमा हुनुहुन्थ्यो।२०७२ सालदेखि अनेरास्ववियुको केन्द्रीय कमिटीमा रहेका उनी हाल केन्द्रीय सचिव हुनुहुन्छ ।
अध्यक्ष पदमा दीपक धामी, प्रकाश पौडेल, आरती भट्टराई, अञ्जना सिवाकोटी र कडरियाले आकांक्षा राखेका छन् । पौडेल विद्यार्थी बीच लोकप्रिय समेत हुनुहुन्छ ।
प्रतिक्रिया राख्नुहोस्