पुनहिलमा पर्यटकको चहलपहल बढ्यो(फोटोसहित)
विकल्प न्यूज/बेनी
म्याग्दी १४ चैत ।
बसन्त ऋतुको आगमनसंगै म्याग्दीको घार गाविस १ मा पर्ने पर्यटकीय स्थल घोडेपानी पुनहिल क्षेत्रमा पर्यटकको चहलपहल बढेको छ ।

बसन्त ऋतुसंगै घोडेपानी क्षेत्रको जंगलमा फुलेको लालीगुराँस बिशेष आकर्षणको रुपमा रहेको छ । घोडेपानीदेखि एक घण्टाको उकालो हिडेपछि पुगीने समुद्रि सतहदेखि तिन हजार २१० मिटरको उचाईमा रहेको पुनहिलबाट देखिने सुर्योदय र ३० भन्दा बढी हिमशृङखलाहरुको दृष्य थप आकर्षण हो ।

भुकम्पले असर नगरेको अन्नपूर्ण पदमार्गको मुख्य गन्तब्य घोडेपानीमा नाकाबन्दी खुलेपछि पर्यटन ब्यवसाय पुरानै ब्यवसायमा फर्कन थालेको घोडेपानी होटल ब्यवस्थापन समितिका अध्यक्ष जुन पुनले बताउनुभयो ।


प्रतिक्रिया राख्नुहोस्