बरंजामा एकिकृत नेकपा माओवादीको गाउँपालीका गठन
विकल्प न्यूज/बेनी
चैत १२ गते ।
एकिकृत नेकपा माओवादी बरंजाको बिहीबार प्रथम गाउँपालीका सम्मेलन सम्पन्न भएको छ ।
सम्मेलनले मोहनलाल कडेलको अध्यक्षतामा २१ सदस्यीय गाउँपालीका कार्यसमिति निर्वाचित गरेको छ । समितिको उपाध्यक्षमा मनबहादुर थापा, सचिवमा खिमनाथ आचार्य, कोषाध्यक्षमा ममता किसान र सहसचिवमा टेक सापकोटा निर्वाचित हुनुभएको छ ।
एकिकृत नेकपा माओवादीका केन्द्रिय परिषद् सदस्य गोविन्द पौडेलको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा जिल्ला अध्यक्ष चन्द्रबहादुर घिमीरे, जिल्ला सदस्य चिरञ्जिवी बोगटी, एकिकृत अखिल नेपाल शिक्षक संगठनका सल्लाहकार कृष्णलाल सापकोटा, वाईसीएल जिल्ला संयोजक किशोर केसी, अखिल क्रान्तिकारीका उपाध्यक्ष गणेश सुवेदीले शुभकामना मन्तब्य व्यक्त गर्नुभएको थियो ।
मोहनलाल कडेलको अध्यक्षता, टेक सापकोटाको सञ्चालन र खिमनाथ आचार्यको स्वागत मन्तब्यमा कार्यक्रम सम्पन्न भएको कार्यक्रममा एमाओवादी म्याग्दीका कोषाध्यक्ष शेरबहादुर केसीको पनि उपस्थिती थियो ।
प्रतिक्रिया राख्नुहोस्