नेबिसंघ म्याग्दी क्याम्पसद्धारा रक्तदान
विकल्प न्यूज/बेनी
चैत ७ गते ।
नेपाल बिद्यार्थी संघ म्याग्दी बहुमुखी क्याम्पस मुल ईकाई समितिद्धारा युग पुरुष गिरिजाप्रसाद कोइरालको छैठौ स्मुतिका अवसरमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।
नेबिसंघ क्याम्पस इकाइ समितिको आयोजना म्याग्दी क्याम्पसमा अध्यापन गराउने शिक्षक र अध्ययनरत ४८ जना बिद्यार्थीहरुले रक्तदान गरेका छन । 
इकाइ समितिले म्याग्दी क्याम्पसमा हरेक वर्ष निरन्तर गदै आएको कार्यक्रमले बिद्यार्थीहरुमा सहयोगको भावनालाई उजागर गर्ने र रगत दिनाले समस्यामा परेका सर्वसाधारणहरुलाई प्रत्यक्ष सहयोग हुने पुग्ने नेविसंघले अपेक्षा गरेको छ ।
कार्यक्रममा बोल्दै नेपाली कांग्रेस म्याग्दीका सभापति खमबहादुर गर्बुजा (खम्वीर)ले नेबिसंघले हरेक कार्यक्रमले ब्यक्तिलाई प्रत्यक्ष लाभहुने खालको कार्यक्रम गर्ने यसले जुनसुकै ब्यक्तिले पनि सेवा पाउने भएकोले नेबिसंघ सेवामुलक संस्था भएको बताउनु भएको छ ।
नेबिसंघ राजनीति आस्था भएको संगठन भएपनि यसले म्याग्दीमा समाज सेवाको कार्य गरेको बिशिष्ट अतिथी नेपाली कांग्रेस म्याग्दीका महाधिबेशन प्रतिनिधी एवं नेबिसंघका जिल्ला अध्यक्ष भरत रकालले बताए । नेबिसंघ क्याम्पस ईकाईका सभापति निर्मल खत्रीको अध्यक्षतामा भएको कार्यक्रमको उपाध्यक्ष सरोज पौडेलको स्वागत सचिव हरिकृष्ण आचार्यको संञ्चालनमा सम्पन्न भएको थियो । नेबिसंघ म्याग्दी क्याम्पस ईकाईले निरन्तर छ वर्ष देखि रक्तदान कार्यक्रम गदै आएको हो ।
प्रतिक्रिया राख्नुहोस्