सिचाई आयोजना निर्माण सम्पन्न हुनुपर्ने समयमा तिस प्रतिशत काम
सन्तोष गौतम/विकल्प न्यूज
म्याग्दी २ चैत ।
म्याग्दीको बाबियाचौर ८ मा दुई वर्षअघि सुरु भएको रणवाङ सिचाई आयोजना निर्माण सम्पन्न हुनुपर्ने समयमा आधा पनि काम पनि काम हुन सकेको छैन् । ठेकेदारको ढिलासुस्ती र लापरबाहीका कारण आयोजना सकिनुपर्ने समयमा तिन प्रतिशत मात्र काम भएको हो ।
२०७२ असार ३० गते सम्पन्न गर्ने लक्ष्य सहित २०७१ बैशाख १६ गते सिचाई आयोजना निर्माणको काम सुरु भएको थियो । उक्त आयोजनाको हालसम्मको भौतिक तथा आर्थिक प्रगति करिब तिस प्रतिशत मात्र भएको सिचाई विकास सब डिजिभन कार्यालय म्याग्दीका प्रमुख ईञ्जिनियर रमेशराज शर्माले जानकारी दिनुभयो ।
चितवनको ईको विल्डर्सले ८९ लाख २५ हजार २९९ रुपैयामा आयोजना निर्माण गर्ने ठेक्का लिएको थियो । सम्झौता गरेको कम्पनीले दोस्रो व्यक्तिलाई जिम्मा लगाएको र ढिलासुस्ती भएका कारण आयोजना समयमै सम्पन्न हुन नसकेको ईञ्जिनियर शर्माले बताउनुभयो । २०७२ असारमा पौष मसान्तसम्म सम्पन्न गर्ने गरि सम्झौताको म्याद थपिएपनि पुरा नभएपछि आगामी असारसम्मका लागि पुन म्याद थपिएको छ ।
अनुगमन र ठेकेदारलाई ताकेता गरेर आगामी असार सम्म आयोजना सम्पन्न गर्न पहल भैरहेको ईञ्जिनियर शर्माले बताउनुभयो । उक्त आयोजना सम्पन्न भएमा बाबियाचौरको रणवाङ क्षेत्रको ५५ हेक्टर जमिनमा सिचाई सुबिधा पुग्ने जनाइएको छ । आयोजना अन्तरगत एक हजार तिन सय मिटर पक्कि नहर लगायतका संरचना बनाउने लक्ष्य रहेको छ ।
यसैगरी गत वर्ष ठेकेदारसंग सम्झौता भएको बेनी नगरपालीको रत्नेचौर स्थित तेईससाले सिचाई आयोजनाको काम भने तिब्र गतिमा अघि बढेको छ । जयलक्ष्मी भगवती मालीका भेभीले जिम्मा लिएको उक्त आयोजना अन्तरगत करिब एक किलोमिटर नहर पुननिर्माण, मुहान संरक्षणका लागि पुर्वाधार तयार पार्ने काम भैरहेको छ ।
आगामी असार महिनाभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको आयोजना ६२ लाख ९३ हजार ५६६ रुपैयामा सम्झौता भएको हो । तेईससाले सिचाई आयोजना सम्पन्न भएपछि साविकको रत्नेचौर गाविसको १, ५ र ६ नम्बर वडाको २५ हेक्टर जमिन सिंचीत हुने ईञ्जिनियर शर्माले बताउनुभयो ।
प्रतिक्रिया राख्नुहोस्