शान्ति कोषको परोपकारी कोषमा जापानबाट दुई लाख
विकल्प न्यूज /बेनी
म्याग्दी ५ चैत ।
ओमकुमारी शान्ति कोषले स्थापना गरेको परोपकारी कोषमा जापानबाट शुक्रबार दुई लाख रुपैया नगद सहयोग प्राप्त भएको छ ।
म्याग्दी घर भई हाल जापानमा रहनुभएका गमप्रसाद जुक्जालीको नेतृत्वमा संकलीत दुई लाख रुपैयाँ जुक्जालीका आफन्तले शुक्रबार कोषका अध्यक्ष राजेश शाक्यलाई हस्तान्तरण गर्नुभयो ।
आर्थिक अवस्था कमजोर भएका सर्वसाधारणको स्वास्थ्य उपचारका लागि सहयोग गर्ने उद्देश्यले स्थापित कोषमा पाँच हजार रुपैया भन्दा बढी सहयोग गर्नेहरुलाई आजीवन सदस्यता प्रदान गरिने ब्यवस्था रहेको छ ।
देश, बिदेशमा रहेका म्याग्देलीहरुबाट सहयोग संकलन गरेर एक करोड रुपैया कोषमा जम्मा गर्ने र त्यसको ब्याजबाट जटिल रोगका विपन्न समुदायका बिरामीहरुलाई सहयोग गर्ने लक्ष्य रहेको छ । सन्तोष गौतम
प्रतिक्रिया राख्नुहोस्