कालीगण्डकी सफा राख्न अखिल क्रान्तिकारीको माग
धिरन खत्री/विकल्प न्यूज
म्याग्दी,चैत १ गते । अखिल क्रान्तिकारीले कालीगण्डकी नदी किनारलाई सफा राख्न माग गरेको छ । पछिल्लो समय नदी किनारमा फोहोर थुप्रीदै जाँदा नदीनै प्रदुषित हुँदै गएको भन्दै अखिल क्रान्तिकारीले बेनी नगरपालिकालाई सोमबार ध्यानकर्षण गराएको हो ।

सोमबार संगठनका अध्यक्ष सुदिन पौडेलको नेतृत्वमा पुगेको टोलीले बेनी बजारको फोहोर कालिगण्डकीमा फाल्दा दुर्गन्ध फैलिएको र फोहोरको उचित ब्यवस्थापनको माग गदै बेनीनगरपालिकामा ज्ञापन–पत्र बुझाएको हो ।
बजारबाट निस्कने फोहोरलाई व्यवस्थापन गर्न नसक्दा कालिगण्डकी नदी किनारमा दुर्गन्ध फैलिनुका साथै वातावरण प्रदुषित भएको हुदाँ फोहोरलाई उचित तरिकाले व्यवस्थापन गर्न ज्ञापन–पत्र बुझाइएको संगठनका अध्यक्ष पौडेलले बताउनुभयो ।
ज्ञापन – पत्र बुझ्दै नगपालिकाका कार्यकारी अधिकृत छविलाल सुवेदीले नगपालिका भित्र रहेको बजारको फोहोर ब्यवस्थापन गरि नदीकिनारलाई सफा राख्ने अभियानमा सवैले सहयोग गर्नुपर्ने बताउनुभयो ।
बजारबाट निस्केको फोहोरजन्य प्रदार्थको व्यवस्थापनका लागि नगरपालिकाले चाँढैनै नयाँ योजना ल्याउन लागेको समेत बताउनुभयो । कार्यकारी अधिकृत सुवेदीले फोहोर व्यवस्थापनको उचित विकल्प खोज्न विद्यार्थीहरुले पनि नगरपालिकालाई सहयोग गर्नुपर्ने बताउनुभयो ।
प्रतिक्रिया राख्नुहोस्