टिम्मुर खेतीको व्यावसायिक उत्पादनबारे अन्तरक्रिया
प्रताप बानियाँ /विकल्प न्यूज
म्याग्दी, फागुन २७ गते ।
नेपाल सरकार वाणिज्य मन्त्रालय व्यापार तथा निकाशी प्रवद्र्धन केन्द्र पुल्चोक ललितपुरको आयोजनामा बिहीबार म्याग्दी सदरमुकाम बेनीमा टिम्मुर खेतीको व्यावसायिक उत्पादनबारे अन्तत्र्रिmया सम्पन्न भएको छ । म्याग्दी उद्योग वाणिज्य संघको सहआयोजनामा म्याग्दी जिल्लामा उत्पादन हुने टिम्मुरको व्यावसायिक उत्पादन एवं बजारीकरणसम्बन्धी विषयमा टिम्मुर उत्पादक कृषकहरुसँग अन्तत्र्रिmया र छलफल गरिएको हो ।

कार्यक्रममा बोल्दै वाणिज्य मन्त्रालय व्यापार तथा निकाशी प्रवद्र्धन केन्द्रका निर्देशक सयस खनालले नेपालमा उत्पादित टिम्मुरसँगै अन्य कृषिजन्य उत्पादनको निर्यातका लागि केन्द्र लागिरहेको बताए । उनले मन्त्रालयले विभिन्न बस्तुको बजारीकरण साथै आवश्यक गृहकार्य गर्दै आइरहेको भन्दै टिम्मुर उत्पादन व्यवसायलाई ध्यान दिन कृषकहरुलाई आग्रह गरेका छन् ।
कार्यक्रमको अवसरमा जिल्ला वन कार्यालय म्याग्दीका सहायक वन अधिकृत चन्द्रमणि सापकोटाले म्याग्दीमा व्यावसायिक टिम्मुर खेती र यसको अवस्थाका विषयमा सहजीकरण गरेका थिए । सहजीकरण गर्दै उनले म्याग्दीमा उत्पादित टिम्मुर अन्य जिल्लाको तुलनामा गुणस्तरीय रहेको र मुल्य पनि राम्रो पर्ने गरेको बताएका थिए ।

नेपाल सरकारले ‘एक गाउँ, एक उत्पादन’ कार्यक्रमको अवधारणा ल्याएपछि म्याग्दीमा उद्योग वाणिज्य संघद्वारा जिल्लाको बेनी नगरपालिका ९ र १० वडा, नारच्याङ, मुदीलगायतका गाविसहरुमा व्यावसायिक रुपमा टिम्मुर खेती गर्न थालिएको छ । म्याग्दीमा उत्पादित टिम्मुर देशका विभिन्न जिल्लाका साथै विदेशमा समेत पुग्ने गरेको छ ।
कार्यक्रम म्याग्दी उद्योग वाणिज्य संघका कार्यवाहक अध्यक्ष उत्तमकुमार कर्माचार्यको अध्यक्षता र कार्यक्रमको उद्देश्यमाथी प्रकाश पारेका थिएभने महासचिव राजेश शाक्यले कार्यक्रमको सञ्चालन गरेका थिए । कार्यक्रममा तोरीपानीका टिम्मुर उत्पादक कृषकलगायतको सहभागीता रहेको थियो ।
प्रतिक्रिया राख्नुहोस्