धौलागिरि सेञ्चुरी पदमार्गको नक्साङनका सुरु
विकल्प न्यूज/बेनी
फागुन २७ गते ।
म्याग्दीको राहुघाट क्षेत्रका पर्यटकीय बस्तीहरुलाई समेटेर पहिचान गरिएको (धौलागिरी सेञ्चुरी) पदमार्गको नक्साङ्कन सुरु गरिएको छ । सदरमुकाम बेनीदेखि राहुघाट नदीको वारी, पारीका बस्तीहरुलाई समेट्ने ‘धौलागिरी सेञ्चुरी’ पदमार्गको नक्सा तयार पार्ने र पदमार्गमा संकेत चिन्नहरु राख्नका लागि प्राबिधिक टोलीले स्थलगत अध्ययन सुरु गरेको हो ।
टोलीमा पर्यटन वोर्ड, पर्यटन ब्यवसायी, ग्रामिण पर्यटन विकास मञ्च (भिटोभ), उद्योग वाणिज्य संघ र पत्रकारहरु सहभागि छन् । बेनी देखि पछै, जगन्नाथ, टोड्के हँुदै मालीका सम्मको अध्ययन सकेर टोली बुधबार धौलागिरी आधार शिवीर तर्फ लागेको छ । नेपालको ग्रामिण क्षेत्रमा नयाँ पदमार्गको पहिचान तथा प्रर्वद्धनमा सघाउदै आएको अफ द बिट ईन्ट्रेक्स र म्याग्दी उद्योग वाणिज्य संघको पहलमा गत असोजमा पदमार्ग पहिचान गरिएको थियो ।

नक्साङ्कन र संकेत राख्ने काम गरेपछि पर्यटकहरुलाई भ्रमणमा ल्याउन सजिलो हुने म्याग्दी उद्योग वाणिज्य संघका महासचिव राजेश शाक्यले जानकारी दिनुभयो । सदरमुकाम बेनी देखि झिँ, पाखापानी, कोटगाउँ, रायखोर, चौरखानी हुदै धौलागिरी हिमालको दक्षिणी मोहोडाको आधार शिवीर पुगेर चिमखोला, दर्मीजा, दग्नाम भएर बेनी फर्कने पदमार्ग सञ्चालनमा ल्याउनका लागि नक्साङ्कन गर्न लागिएको शाक्यले बताउनुभयो ।
दृष्य अवलोकन, ग्रामिण जिवनशैली, मगर तथा छन्त्याल संस्कृती र मनोरम प्राकृतिक वातावरण धौलागिरी सेञ्चुरी पदमार्गको प्रमुख बिशेषता हो । एक हप्ता सम्म यात्रा गर्न सकिने पदमार्गको थप आकर्षणको रुपमा चिमखोलाको थाली नाच, दर्मीजाको तातोपानी कुण्ड, टोड्के पनि रहेका छन् । पर्यटनको माध्यमबाट स्थानीयबासीको आयआर्जन वृद्धीमा सघाउ पुग्ने अपेक्षा गरिएको छ ।
मोटरबाटोका कारण पुराना पदमार्गहरु विस्थापित भएको अवस्थामा यस पदमार्गमा पर्यटक भित्रयाउन सकिने प्रशस्त सम्भावना देखिएको छ । पदमार्गको नक्सा तयार गरेपछि पर्यटक भित्रयाउनका लागि टे«कीङ ब्यवसायीहरुसंग समन्वय गर्ने म्याग्दी उद्योग वाणिज्य संघले जनाएको छ । सन्तोष गौतम
प्रतिक्रिया राख्नुहोस्