आयोडिनयुक्त नुनको सुरक्षित प्रयोग सम्बन्धि चेतनामुलक कार्यक्रम
सन्तोष गौतम/विकल्प
म्याग्दी,फागुन २३ गते ।
साल्ट टे«डीङ कर्पोरेशन बागलुङले आईतबार बेनी नगरपालीका १३ तातोपानीमा आयोडिनयुक्त नुनको सुरक्षित प्रयोग सम्बन्धि चेतनामुलक कार्यक्रम गरेको छ ।
तातोपानी कुण्ड र सरस्वती माविमा आयो नुनको सुरक्षित प्रयोग सम्बन्धित प्रयोगात्मक सन्देशमुलक कार्यक्रमका साथै तातोपानी बजारमा ¥यालीको आयोजना गरिएको हो । सरस्वती माविका शिक्षक, विद्यार्थी, अभिभावक र स्थानीय बासीन्दाको सहभागितामा तातोपानी बजारमा ¥याली निकालीएको थियो ।
¥यालीपछि विद्यालय र तातोपानी कुण्ड परिसरमा छुट्टाछुट्टै रुपमा आयोजित कार्यक्रममा साल्ट टे«डीङ कर्पोरेशन बागलुङका प्रमुख मनोजकुमार श्रेष्ठले आयोडिनयुक्त नुनको बिशेषयता, यसले स्वास्थ्यमा गर्ने फाईदा र नुनको सुरक्षित प्रयोगका सम्बन्धमा जानकारी गराउनुभएको थियो ।
तातोपानी कुण्ड ब्यवस्थापन समितिका अध्यक्ष बिरेन्द्रमान शाक्यको अध्यक्षता र नेपाल रेडक्रस सोसाईटी बागलुङका उपसभापति राजेन्द्र आचार्यको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो । कुण्डमा डुब्नका लागि आएका पुरुष र महिलाहरुको छुट्टाछुट्टै पालोमा दुई वटा सन्देशमुलक कार्यक्रम गरिएको थियो ।
आयोडिनको कमीले बालबालिकामा मानसीक तथा शारीरीक कमजोरी हुने, गर्भपतन हुने, गाईवस्तुको उत्पादन क्षमत्ता कम हुने जस्ता समस्या देखिने भएकाले आयोडिनयुक्त नुनको सुरक्षित प्रयोग गर्नुपर्ने शाखा प्रमुख श्रेष्ठले बताउनुभयो । आयो नुनको सुरक्षित प्रयोगका सम्बन्धमा जनचेतना अभिवृद्धी गराउन साल्ट टे«डीङले एक महिनायता धौलागिरीका विभिन्न स्थानमा सन्देशमुलक कार्यक्रम गरेको छ ।

प्रतिक्रिया राख्नुहोस्