म्याग्दीका कलाकार खगेन्द्र मिलन श्रेष्ठ १४ औ सूर्यनारायण पुरस्कारबाट सम्मानित
विकल्प न्यूज/बेनी
फागुन २३ गते ।
म्याग्दीका अग्रज कलाकार खगेन्द्र मिलन श्रेष्ठलाई आइतवार १४ औ सूर्यनारायण पुरस्कारद्धारा सम्मान गरिएको छ । सूर्यनारायण पुरस्कार संस्था बेनीले स्थानीय कला संस्कृतीको संरक्षण र संवद्धनमा योगदान पु¥याएको भन्दै श्रेष्ठलाई १५ हजार रुपियाँ राशीको पुरस्कार प्रदान गरिएको हो ।
बेनीको बर्खे, भदौरे, लाखे, रोपाई, नागिनी नाच तथा लोकभजन र बाद्यबाधनको संरक्षणमा योगदान पु¥याएको भन्दै बेनी नगरपालिका ७ निवासी हाल काठमाण्डौमा वसोवास गर्नुहुने ६७ बर्षिय श्रेष्ठलाई पूर्व राष्ट्रिय पञ्चायत सदस्य एवम् समाजसेवी बलमान पुन र संस्थाका अध्यक्ष सुर्वणकुमार श्रेष्ठले पुरस्कार सहित कदरपत्रले सम्मान गर्नुभएको हो ।

बेनीका कलाकार स्वर्गीय सुर्यनारायण श्रेष्ठको स्मृतीमा २०४८ सालमा उहाँको परिवारले स्थापना गरेको पुरस्कारबाट भैरबहादुर श्रेष्ठ, टिकाबहादुर श्रेष्ठ, दीपबहादुर खड्का, धनकुमारी थापा, रत्नप्रसाद श्रेष्ठ, ठाकुरप्रसाद पराजुली, बीरबहादुर कार्की, खड्ग गर्बुजा, होमनाथ सुवेदी, लक्ष्मीप्रसाद श्रेष्ठ, अबिरकुमार श्रेष्ठ, धु्रबलाल शर्मा र अंगद श्रेष्ठ यस अघि नै सम्मानीत भइसक्नुभएको छ ।
पुरस्कार वितरण समारोहका प्रमुख अतिथि बलमान पुनले समाजमा योगदान गर्ने व्यक्तिलाई सम्मान गर्ने संस्कृतिले समाजसेवामा लाग्न प्रेरणा मिल्ने बताउनुभयो । उहाँले कलासंस्कृतिको संरक्षण र प्रवद्र्धनमा लागेका व्यक्तिहरुलाई सम्मानले प्रोत्साहन मिल्ने बताउनुभयो ।

साथै कार्यक्रममा संस्थाको मुखपत्र गंगाको बिमोचन गरिएको थियो । कार्यक्रममा संस्थाका संस्थापक अध्यक्ष सुर्दशनकुमार श्रेष्ठ, पुर्व पुरस्कृत व्यक्तित्व धु्रबलाल शर्मा, पुरस्कार छनौट उपसमितिको संयोजक धनकुमारी थापा र सम्मानीत व्यक्तित्व खग्रेन्द्र मिलन श्रेष्ठले मन्तव्य व्यक्त गर्नुभएको थियो ।
संस्थाका अध्यक्ष सुवर्ण श्रेष्ठको अध्यक्षता र सचिव अजयमिलन श्रेष्ठको सञ्चालनमा सम्पन्न कार्यक्रममा उपाध्यक्ष प्रकाशकुमार श्रेष्ठले स्वागत गर्नुभएको थियो भने कोषाध्यक्ष ज्ञानेन्द्र श्रेष्ठले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । हाल संस्थाको अक्षयकोषमा तिनलाख छ हजार दुइसय २७ रुपियाँ रहेको कोषाध्यक्ष श्रेष्ठले जानकारी दिनुभयो । कार्यक्रमा सूर्यनारायण श्रेष्ठका कान्छा छोरा दिनेश नारायण श्रेष्ठले स्वार्गिय श्रेष्ठको जिवनीका वारेमा तयार पारेको वृतचित्र देखाउनुभएको थियो । प्रत्येक दुइवर्षमा कलासंस्कृति र कृषिमा योगदान गर्ने व्यक्तिलाई अक्षयकोषको व्याजले सम्मान गर्ने गरिएको कोषाध्यक्ष श्रेष्ठले जानकारी दिनुभयो । ठाकुरप्रसाद आचार्य
प्रतिक्रिया राख्नुहोस्