म्याग्दी अस्पतालका प्रमुख डाक्टर न्यौपानेलाई उत्कृष्ट स्वास्थ्य सेवा पुरस्कार प्रदान
विकल्प न्यूज /बेनी
फागुन १५ गते ।
स्वास्थ्य मन्त्रालयले स्वास्थ्य सेवा प्रवाहमा विशेष योगदान गरेको भन्दै म्याग्दी जिल्ला अस्पतालका प्रमुख डाक्टर रोशन न्यौपानेलाई उत्कृष्ट स्वास्थ्य पुरस्कार प्रदान गरेको छ । साथै देशका विभिन्न स्वास्थ्य संस्थामा कार्यरत पाँच जनालाई पुरस्कृत गरेको छ ।
स्वास्थ्य सेवा दिवसका अवसरमा मन्त्रालयले शनिवार न्यौपानेलाई लाई ‘उत्कृष्ट स्वास्थ्य सेवा पुरस्कार’ र अन्य चारजनालाई ‘स्वास्थ्य सेवा पुरस्कार’ प्रदान गरेको हो । मन्त्रालयले महाविपत्तिको समयमा दिनरात खटी स्वास्थ्य सेवा प्रदान गर्ने, महामारी फैलिएको समयमा प्रशंसनीय कार्य गर्ने तथा निश्चित क्षेत्रमा स्वास्थ्य सेवा प्रवाहमा विशेष योगदान गरेको भन्दै विभन्न स्वास्य क्षेत्रमा कार्यरत पाचँ जनाको योदनालाई कदर गर्दै पुरस्किृत गरेको हो । पुरस्कृत हुनेमध्ये यस वर्षको उत्कष्ट स्वास्थ्य सेवा पुरस्कार जिल्ला स्वास्थ्य कार्यालय म्याग्दीमा कार्यरत डा न्यौपानेलाई प्रदान गरिएको छ ।
पुरस्कारको राशी एक लाख रुपैयाँ रहेको छ । स्रोत र साधनको अभावका बाबजुत पनि उत्कृष्ट सेवा प्रदान गरेको भन्दै न्यौपानेलाई राष्ट्रिय पुरस्कार प्रदान गरिएको जनस्वास्थ्य प्रशासन, अनुगमन तथा मुल्यांकन महाशाखाका प्रमुख डा जीवि ठाकुरले जानकारी दिए ।
यसैगरी, नगद ५० हजार राशीको पुरस्कार पाउनेमा जिल्ला अस्पताल गोरखाकी स्टाफ नर्स सन्तोषी श्रेष्ठ, चौपडा स्वास्थ्य चौकी नुवाकोटमा कार्यरत रहेका हाल जिल्ला स्वास्थ्य कार्यालय सुनसरीका सिअहेव दिलिप कुमार चौधरी, आम्बुङ्ग स्वास्थ्य चौकी तेह्रथुमका जनस्वास्थ्य अधिकृत कैलाश कुमार गुप्ता र जिल्ला स्वास्थ्य कार्यालय अछामका डा शरदचन्द्र वराल रहेका छन् ।
डा ठाकुरका अनुसार अस्थायी र करारमा कार्यरत कर्मचारी बाहेक देशभरका ३५ हजार स्वास्थ्यकर्मीहरुबाट उत्कृष्ट पाँच जनालाई छनोट गरिएको हो । ‘दक्ष जनशक्क्ति, गुणस्तरीय स्वास्थ्य सेवाः सबैको लागी टेवा’ भन्ने नाराका साथ मन्त्रालयमा आयोजित कार्यक्रममा स्वास्थ्य मन्त्री रामजन्म चौधरीले स्वास्थ्यकर्मीहरुको कामको उचित मुल्यांकन हुँदै जाने बताए । राज्यमन्त्री मोमुस्ताक आलमले स्वास्थ्यकर्मीहरु सेवामुखि भन्दा पैसामुखी भएका कारण स्वास्थ्य नीति अनुरुपका उपलब्धी हासिल गर्न नसेको बताए ।
मधेसी स्वास्थ्यकर्मी फोरम नेपालका अध्यक्ष बाल किशोर यादबले जनशक्ति र पुवार्धार विहिन अवस्थामा पनि भुकम्प प्रभावित क्षेत्रका स्वास्थ्इकर्मीको समस्यालाई मन्त्रालयले सम्बोधन नगरेको गुनासो गरे । उनले स्वास्थ्यकर्मीको सुरक्षालाइ प्राथमिकतामा राख्न जोड दिए । यसैविच, दिवसको उपलक्ष्यमा कर्मचारीहरु बिच विभिन्न खेलकुद तथा अतिरिक्क्त क्रियाकलार्पहरुको आयोजना गरिएको थियो । जसमा बिजेताहरुलाई कार्यक्रमा पुरस्कार तथा प्रमाण पत्र प्रदान गरिएको गरिएको छ । डाक्टर न्यौपाने म्याग्दी अस्पतालमा आए लगत्तै अस्पतालबाट प्रवाह गरिने सेवामा गुणस्तर वृद्धि भएको थियो । न्यौपानेकै अगुवाइमा जिल्लामा थप स्वाथ्य सेवा समेत विस्तार गरिएको छ ।

प्रतिक्रिया राख्नुहोस्