घलेम्दीखोला जलविद्युत आयोजनाको सधारणसभा सम्पन्न
विकल्प न्यूज /म्याग्दी
फागुन १५ गते । म्याग्दीवासीहरुको लगानीमा सञ्चालन भएको घलेम्दीखोला जलविद्युत आयोजनाको दोस्रो साधारणसभा बेनीमा सम्पन्न भएको छ । साधारणसभाको उद्घाटन गर्दै पशुपंक्षी विकास राज्य मन्त्रि नरदेवी पुनले जिल्लामा प्रसस्त मात्रामा जलविद्युतको संभावना भएर पनि यसको उपयोग गर्न नसकोको बताउनुभएको छ । उहाँले घलेम्दी जलविद्युत आयोजनाले जिल्लामा लगानीको वातावरण तयार पारेको बताउनुभयो । साधारणसभामा घलेम्दी हाइड्रो लिमिटेडका कार्यकारी अध्यक्षले आयोजनाको प्रगतिका वारेमा जानकारी गराउनुभएको थियो । उहाँले चार मेघावाट क्षमताबाट वृद्धि भई आयोजनाको क्षमता अव पाँच मेघावाट भएको बताउनुभयो । उहाँले विभिन्न बाधा अडचनका बावजुद पनि आयोजनाको निर्माण कार्यलाई निरन्तरता दिनसकिएको बताउनुभएको छ ।

गत बैशाखमा गएको भुकम्पका कारण प्रस्तावीत स्थानबाट विद्युतगृह सार्दा हेड पहिलोको भन्दा २५ मिटर अग्लो हुने भएकाले आयोजनाको क्षमत्ता पनि चार वाट बढेर पाँच मेघावाट बढाउन लागीएको हो ।
घलेम्दी हाईड्रो लिमिटेडद्धारा निर्माण भैरहेको घलेम्दीखोला जलविद्युत आयोजनाको शनिबार बेनीमा भएको दोस्रो साधारणसभामा आयोजनाको क्षमत्ता विस्तार गर्न लागीएको जानकारी गराइएको थियो । साधारणसभाले संस्थाका कार्यकारी अध्यक्ष सुवेदीले प्रस्तुत गर्नुभएको प्रगति, आगामी योजना, आर्थिक प्रतिवेदन पारित गर्नुका साथै संस्थापक सेयर रकम वृद्धी गर्ने प्रस्ताव पारित गरेको छ ।

आयोजनाको ३० प्रतिशत भौतिक प्रगति देखिएको छ ।घलेम्दी हाईड्रो लिमिटेडका कार्यकारी अध्यक्ष सुवेदीको अध्यक्षता तथा स्वागत, सेयर सदस्य हरिकृष्ण गौतमको सञ्चालनमा सम्पन्न कार्यक्रममा पुर्व राज्यमन्त्री भिमप्रसाद गौचन, नारच्याङका बासिन्दा ओमबहादुर बुढा, पत्रकार महासंघका उपाध्यक्ष ठाकुरप्रसाद आचार्य,लगानीकर्ता सुबिन श्रेष्ठ लगायतले मन्तब्य व्यक्त गर्नुभएको थियो ।प्रमोदकुमार श्रेष्ठ लगायत संस्थापकका साथै सेयर सदस्यहरु सहभागि कार्यक्रमका बक्ताहरुले आयोजनाको कामलाई तिब्रता दिई छिटो सम्पन्न गर्न सकेमा विद्यमान विद्युतभार कटौतीको समस्या कम हुने अपेक्षा व्यक्त गरेका थिए ।
प्रतिक्रिया राख्नुहोस्