जहाज दुर्घटना अपडेट ः विहानै देखि शव संकलन कार्य (दुर्घटनास्थलका थप तस्विरहरु)
विकल्प न्यूज/बेनी
फागुन १३ गते ।
म्याग्दीको दाना गाउँविकास समितिको सोलीघोप्टेमा जहाज दुर्घटनामा परी मृत्यु हुने यात्रुको शव आज पोखरा ल्याइने भएको छ। खराब मौसमका कारण बुधवार शव ल्याउन सक्ने अवस्था नरहेको पोखरा विमानस्थल कार्यालयका प्रमुख दीपक बरालले जानकारी दिए। उनका अनुसार अत्यन्त विकट भौगोलिक अवस्थितिमा रहेको सोलीघोप्टेको भिरमा शव टाढाटाढासम्म छरिएका छन्। बुधवार साँझ सम्म १९ शवहरु संकलन गरिएको प्रहरीले जानकारी दिएको छ । दुर्घटना स्थल पुगेका म्याग्दीका प्रहरी निरिक्षक लोकेन्द्र सिं गुरुका अनुसार आज विहानै बाट बाँकी रहेका शवहरुको संकलन कार्य सुरु हुने बताए । शवै संकलन भएपछि हेलिकप्टरको सहयोगमा शवहरु पोखरा पु¥याउने उनले जानकारी दिएका छन् ।
दुर्घटनाग्रस्त क्षेत्रमा सुरक्षाकर्मीको टोली विहिवार विहानैबाट शव सङ्कलनमा सक्रियरुपमा लागिपरेको र दिउसो सम्म शव पोखरा ल्याउनसक्ने सम्भावना रहेको उनले बताए। दुर्घटनामा परेका व्यक्तिका आफन्त बुधवार बिहानैदेखि दिनभर पोखरा विमानस्थल कार्यालयमा शोकाकुल अवस्थामा थिए।
तस्विरहरु सन्तोष गौतम



प्रतिक्रिया राख्नुहोस्