नेका म्याग्दी अधिवेशन – आरक्षण पदमा विजयी महाधिवेशन प्रतिनिधिहरु
विकल्प न्यूज/बेनी
फागुन १० गते । नेपाली काँग्रेस म्याग्दीको सोमवार सम्पन्न निर्वाचनमा आरक्षण पदमा महाधिवेशन प्रतिनिधिहरुको अन्तिम मतगणना अनुसार महिला तर्फ दुइ सय ३७ मत प्राप्त गरी विमला गौचन र १७६ मत ल्याई सामित्रा गर्बुजा विजयी भएका छन् ।
यसै गरी धनकुमारी थापा एकसय ३४,विना खड्का, ८८, यामकुमारी केसी ३७ र कुसुम मल्लले ५६ मत ल्याई महाधिवेशन प्रतिनिधिमा पराजित भएका छन् ।
यसै गरी जनजाती तर्फ क्या डम वहादुर गर्बुजाले दुइसय ५ मत प्राप्त गरी विजयी भएका छन् । भने खिम बहादुर गर्बुजाले एकसय २९ र गोपाल नारायण भट्चन२९ मत ल्याई पराजित भएका छन् ।

यस्तै अल्पसंख्यक तर्फ धनवहादुर छन्त्यालले एकसय ४४ मत प्राप्त गरी विजयी भएका छन् । भने अमृत कुमार शेरचनले ७७,मन मोहन वुढाथोकी छन्त्याल ५३ र ज्ञानेन्द्र केसीले ८८ मत प्राप्त गरेका छन् ।
दलित तर्फ विर वहादुर विश्वकर्मा (कमल) ले एकसय ६२ मत प्राप्त गरी विजयी भएका छन् । भने थमन विकले एकसय ६ र त्रिलोकचन्द विकले ९६ मत प्राप्त गरी पराजित भएका छन् ।
अहिले जिल्ला पदाधिकारीहरुको मतगणना सुरु भएको छ ।
प्रतिक्रिया राख्नुहोस्