रुम गाउँका सवै वस्तीमा स्वच्छ खानेपानी सुविधा
सन्तोष गौतम/विकल्प
म्याग्दी,फागुन १० गते ।
म्याग्दीको रुममा दमसीलेक खानेपानी तथा सरसफाई योजना निर्माण सम्पन्न भएको छ । आयोजना निर्माण भएपछि रुम गाविसको ३, ४ र ५ नम्बर वडाका २४५ घरधुरी लाभान्वित भएका छन् ।
दमसीलेकबाट ल्याइएको पानी ४१ वटा सार्वजनीक धारा मार्फत गाउँका सबै बस्तीमा वितरण गर्ने ब्यवस्था मिलाइएको जिविस अन्तरगत सञ्चालित पश्चिम नेपाल ग्रामिण खानेपानी तथा सरसफाई परियोजनाको दोस्रो चरणका स्वास्थ्य प्रर्वद्धक रामप्रसाद रेग्मीले बताउनुभयो ।
परियोजना, जिविस र गाविसको ४६ लाख ८९ हजार ३७४ रुपैयाँ अनुदान तथा उपभोक्ताको ३० लाख २१ ह्जार ९०० रुपैया बराबरको सहभागितामा आयोजना निर्माण भएको हो । आयोजना निर्माणका क्रममा महिला उपभोक्ताले तिन हजार ७२५ र पुरुष उपभोक्ताले दुई हजार ६७९ दिन श्रमदान गरेका थिए ।
आयोजनाको जिविस म्याग्दीका योजना अनुगमन तथा प्रशासकीय अधिकृत बिष्णुप्रसाद पौडेलले आईतबार एक समारोहका बिच उद्घाटन गर्नुभयो । उद्घाटनपछि प्रमुख अतिथि पौडेल, परियोजनाका योजना तर्जुमा तथा क्षमत्ता विकास विज्ञ नारायण वाग्ले, वास सल्लाहकार थरेन्द्र पौडेल, गाविस सचिव पूर्णप्रसाद शर्मा, मित्री भक्तीप्रसाद घर्ती, स्वास्थ्य चौकी प्रमुख दिलबहादुर पुन, महिला सञ्जालका अध्यक्ष बिमला रोका र अदिभार रुम मोटरबाटो उपभोक्ता समितिका अध्यक्ष कृष्ण पुनले मन्तब्य व्यक्त गर्नुभएको थियो ।

प्रतिक्रिया राख्नुहोस्