यस्तो छ म्याग्दी काँग्रेसको मतदान स्थल (फोटो सहित)
विकल्प न्यूज/बेनी
फागुन १० गते । म्याग्दी काँग्रेसको नयाँ नेतृत्व चयनका लागि आज बेनीमा मतदान सुरु भएको छ । सभापति,महाधिवेशन प्रतिनिधि र जिल्ला कार्यसमिति सदस्यका लागि आज जिल्ला विकास समितिको सभाहलमा मतदान सुरु भएको हो । माघ २५ गते सुरु भएको छैठौ अधिवेशन पार्टी सभापति सुशिल काइरालाको निधनपछि स्थगित भएको थियो । सभापतिमा नेत्र बहादुर महत र वर्तमान उपसभापति खम्बिर गर्बुजा प्रतिस्पर्धामा छन् । अधिवेशनमा चार सय ४ जना प्रतिनिधिहरु रहेका छन् ।








प्रतिक्रिया राख्नुहोस्