बेनीका ब्यवसायीले दुग्धजन्य बस्तुको मूल्य बढाए
विकल्प न्यूज/बेनी
फागुन ९ गते ।
म्याग्दी सदरमुकाम बेनीका ब्यवसायीले दुग्धजन्य बस्तुको मूल्य बढाएका छन् । म्याग्दी दुग्ध उत्पादन तथा डेरी व्यवसायी समितिका अध्यक्ष कोषानन्द आचार्यको अध्यक्षतामा शनिबार बेनीमा बसेको बैठकले आगामी चैत १ गतेदेखि लागू हुनेगरि मूल्यवृद्धी गर्ने निर्णय गरेको हो ।
देशभर समग्र बस्तुमा भएको मूल्यवृद्धीको असर कृषक र दूग्ध ब्यवसायीहरुमा पनि परेकाले मूल्य वृद्धी गरेको समितिका सचिव यज्ञनाथ आचार्यले बताउनुभयो । कृषकबाट हाल ६० रुपैया प्रतिलिटरका दरले दूध खरिद गर्दै आएका दुग्ध ब्यवसायीले उनिहरुलाई थप सात रुपैयाँ दिने निर्णय गरेका छन् ।
ब्यवसायीले भने ७० रुपैयाबाट दूधको बजारमूल्य दश रुपैया बढाएर प्रतिलिटर ८० रुपैया पु¥याउने भएका छन् । दूधको गुणस्तर पनि बढाउने उनिहरुको भनाई छ । २४ ल्याक्टो भएको दूध मात्रै खरिद बिक्री गर्ने निर्णय भएको सचिव आचार्यले बताउनुभयो ।
ब्यवसायीका अनुसार प्रतिलिटर दहिलको मूल्य एक सय, ध्युको एक हजार एक सय र प्रतिकेजी पनिरको मूल्य नौ सय रुपैया तोकीएको छ । यसैगरी आईसक्रिम प्रतिलिटर एक सय, कुराउनी प्रतिकेजी एक हजार र लप्सी प्रति गिलास ४० रुपैयामा बिक्री गर्ने निर्णय गरेका छन् ।
प्रतिक्रिया राख्नुहोस्