म्याग्दीकी खिम माया मृत्यु प्रकरण : १० दिनपछि ब्याग भेटियो तर मोवाईल भेटिएन
गोकुल बानियाँ, पोखरा ७ फागुन ।
कास्कीको लेखनाथ स्थित वेगनासतालमा शब भेटिएको १० दिनपछि खिम माया पुनको ब्याग भेटिएको छ । लेखनाथ १२ निवासी २९ वर्षिय पुनको माघ २६ गते शब भेटिएपनि पहिचानको लागि साथमा केहि भेटिएको थिएन । प्रहरीले तत्काल अन्दाजको आधारमा विदेशी महिला भनेपनि माघ २९ गते आफन्तले शख पहिचान गरेका थिए
उनले प्रयोग गर्ने ब्याग शब भेटिएको स्थान भन्दा झण्डै सय मिटरको फरकमा भेटिएको प्रहरीले जनाएको छ । पुनको शब तालमा तैरिरहेको अबस्थामा भेटिएको थियो । उनले प्रयोग गर्ने ब्याग विहिवार साझ ६ बजेतिर ताल किनारको झाडीमा भेटिएको हो ।
संभावित स्थानमा खोजी गर्ने क्रममा प्रहरी र स्थानियको सक्रियतामा झाडीमा अड्कीरहेको अबस्थामा ब्याग फेला परेको प्रहरी निरिक्षक मित्र अर्यालले बताए । ब्यागमा पुनले प्रयोग गर्ने रुमाल, ट्रयाकसुटको ज्याकेट, ९ सय ८० रुपैया पैसा र घडी फेला परेको छ । तर उनीसँग भएको मोवाईल भने फेला परेको छैन । प्रहरीले शुक्रवार विहान पनि ब्याग भेटिएको स्थान वरपर खोजी गरेपनि मोवाईल फेला पार्न सकेन ।
फेवा विकास बैंक गगनगौडा शाखामा कार्यरत पुन २५ गते अफिसबाट १० बजे घर फर्किएकी थिईन् । शाखा प्रमुख अरुण सापकोटाले दिएको जिम्मेवारी पूरा नगरेको भन्दै उनलाई सो दिन काम गर्न नदिई घर जान भनेका थिए । १० बजे अफिसबाट निस्किएकी उनले १ बजे बाबु प्रेम बहादुर गर्वुजा पुनलाई फोन गरेपछि सम्पर्क विहिन भएकी थिईन् । प्रहरीले भोलिपल्ट २६ गते विहान ११ बजे तालबाट शब निकालेको थियो ।
खिम मायाका आफन्तले उनको हत्या भएको दावि गर्दै छानविन गर्न माग गरेका छन् । तर उनको पोष्टमार्टम रिपोर्टमा डुवेर पानी धेरै पिएकाले मृत्यु भएको कारण देखाइएको छ । उनको शब अझैपनि पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमै छ । आफन्तले घटना छानविन नभएसम्म शब नउठाउने अडान लिएका छन् । peacepokhara

प्रतिक्रिया राख्नुहोस्