बागलुङ कांग्रेसमा देउवा पक्षीय थापा विजयी
फाल्गुन ६,
आज (बिहीबार) सम्पन्न नेपाली कांग्रेस बाग्लुङ अधिवेसनबाट देउवा पक्षीय दीपेन्द्रबहादुर थापा सभापति निर्वाचित भएका छन् ।
पहिलो चरणको निर्वाचनमा दोस्रो भएका थापाले दोस्रो चरणको निर्वाचनमा संस्थापनका जगदीशचन्द्र उपाध्यायलाई पराजित गरेका हुन् । पहिलो चरणको निर्वाचनमा उपाध्याय पहिलोस्थानमा थिए ।
थापा अघिल्लो अधिवेशनमा प्रकाश शर्मा पौडेलसँग १३ मतले पराजित भएका थिए ।
सचिवमा संस्थापनका नवराज पौडेल र कोषाध्यक्षमा देउवा पक्षका उमेश गौतम निर्वाचित भएका छन् । तीन क्षेत्र रहेका बाग्लुङका दुई क्षेत्रीय सभापति देउवा र एक संस्थापनका छन् । महाधिवेशन प्रतिनिधिमा भने दुवै पक्षका बराबरी सदस्य छन् ।

प्रतिक्रिया राख्नुहोस्