बागलुङ भगवती मन्दिरको माघमा ४ लाख ७२ हजार रुपियाँ आम्दानी
विकल्प न्यूज /बागलुङ
फागुन ४ गते । प्रसिद्ध बागलुङ कालिका भगवती मन्दिरमा माघ महिनामा चारलाख ७२ हजार तिन सय ५६ रुपियाँ भेटी संकलन भएको छ । मन्दिर व्यवस्थापन समितिले हरेक महिनाको अन्त्यमा मन्दिरको आम्दानी विवरण सार्वजनिक गर्ने गर्दछ ।
मन्दिर व्यवस्थापन समितिका अनुसार माघ महिनामा भेटी संकलन २ लाख ९२ हजार ७० रुपैया, परेवा ३ सय ३३ जोडी विक्रीबाट १ लाख ३३ हजार २ सय रुपैयां, चामल ३३ पाथि बिक्रिबाट ६ हजार ६ सय रुपैयां, आर्थिक सहयोग १ हजार ६ सय ६१ रुपैयां, साना बेली बिक्रिबाट १ हजार ६ सय तथा ब्रतबन्ध २ बाट ६ सय गरी मन्दिरबाट जम्मा रु ४ लाख ३५ हजार ७ सय ३१ रुपैया संकलन भएको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष राजु खड्काले जानकारी दिनुभयो ।
यसै गरी माघ महिनामा पिकनिक स्पर्टमा ६ समूहबाट २ हजार ६ सयका दरले १० हजार ४ सय २५ रुपैयां मन्दिरलाई प्राप्त भएको छ । बिवाह ४० जोडीबाट २० हजार रुपैयां तथा ब्रतबन्ध १२ बाट ३ हजार ६ सय गरी ३६ हजार ६ सय २५ गरी जम्मा रु लाख ७२ हजार ३ सय ५६ रुपैया संकलन भएको हो । पछिल्लो समय मन्दिर परिसरमा भौतिक पूर्वाधार विकास गरिएको छ । पूर्वाधारको विकासका कारण धार्मिक पर्यटनमा टेवा पुगेको समितिले जनाएको छ । ठाकुरप्रसाद आचार्य

प्रतिक्रिया राख्नुहोस्