शिख माविको विकासमा भूपू विद्यार्थीको योगदान
धिरन खत्री/विकल्प
म्याग्दी,फागुन ४ गते ।
जिल्लाको उत्तरी क्षेत्रमा रहेको पर्यटकीय गाउँ शिखमा रहको शिख उच्च माध्यामिक विद्यालयको भौतिक संरचना र शिक्षाको गुणस्तरमा विद्यालयका भुतपुर्र्व विद्यार्थीहरु सक्रियरुपमा लागेका छन् ।
२०११ सालमा स्थापना भएको विद्यालयको भौतिक अवस्था २०४७ सालसमम्म जिर्ण अवस्थामा रहेको थियो। विद्यालयको विकासका लागि गाँउका समाजसेवी र भुपु विद्यार्थीहरुको सहयोगले अहिले विद्यालयले मुहार फेरेको छ ।
अहिले स्कुलको भौतिक संरचनामा राम्रो विकास भएको छ । गाउँको विकासका लागि सरकारको मुख ताक्ने प्रवृत्तीको अन्त्य यहाँका स्थानीयवासीहरुले गरिदिएका छन् ।
गाउँलेहरुले विद्यालयको मुहार नै फेरिदिएपछि अहिले राज्यका निकायहरुले पनि सहयोग गर्न थालेका छन् । बर्षमान पुन अर्थमन्त्रि हुँदा १० लाख रुपियाँ विद्यालयले अनुदान पाएको थियो । विद्यालयको भौतिक पूर्वाधार विकासमा गाउँलेहरुको ठूलो लगानी भएको विद्यालयका प्राचार्य जगदिश आचार्य बताउँछन् । उनका अनुसार भवन तथा खेल मैदान र कम्प्युटर विषयको शिक्षा निर्माणका लागि गाउँका भुतपुर्व विद्यार्थीहरुले श्रमदान तथा नगद दिएर सहयोग गरेका छन।
त्यहाँको खेल मैदान बनाउनका लागि सरकारबाट दुईलाख चालिस हजार र स्थानीयवाट चालिस लाख रुपियाँ सहयोगमा संकलन भएको थियो । विद्यालयको भौतिक अवस्थामा सुधार ल्याउनका लागि स्थानीयवासीहरु जागरुक भएको विद्यालय व्यवस्थापन समितीको अध्यक्ष मिनबहादुर बुदुजाले वताए। अभिभावकहरुमा आएको चेतनाका कारण अहिले गाउँको शिक्षामा सुधार आएको उनको भनाई छ ।

विद्यालयमा कम्प्युटर शिक्षाका लागि भुतपुर्व विद्यार्थी अमेरिकामा रहेका तिलक पाईजाले १७ ओटा कम्प्युटर र कम्प्युटर शिक्षकका लागि मासिक तलब बिस हजारमा दश हजार र विद्यालयका लागि सोलार पनि जडान गरिदिएका छन। बेल्जियममा रहेका भुतपुर्व विद्यार्थीले अंगेजी पढाउन लागि उहीबाट शिक्षकका रुपमा वेल्जियम नागरिकलाई दुई महिनाका लागि पठाएका छन।
अहिले उतm विद्यालयमा कक्षा एक देखि दशसम्म दुईसय तिस विद्यार्थी रहेका छन भने प्लसटुमा ४२ विद्यार्थीहरुले अध्ययन गरिरहेको प्रार्चाय जगदिश आचार्यले बताए।
विद्यालयको भौतिक तथा शैक्षिक गुणस्तरलाई राम्रो बनाउन समाजको एकताले सम्भव भएको विधालय व्यवस्थापन समितीका अध्यक्ष बुदुजा बताउछन ।
प्रतिक्रिया राख्नुहोस्