म्याग्दीमा काँग्रेसको अधिवेशन सुरु
विकल्प न्यूज
म्याग्दी,माघ २५ गते ।
नेपाली काँग्रेस म्याग्दीको छैठौ जिल्ला अधिवेशन वेनीमा सुरु भएको छ । अधिवेशन सुरु भन्दा अगाडी बाजागाजा सहितको झाकीले बजार परिक्रमा गरेको थियो ।
बजार परिक्रमा पछि जिविस सभाहलमा उद्घाटन सत्र सुरु भएको थियो । उद्घाटन सत्रमा वोल्ने नेताहरुले काँग्रेसलाई जिल्लामा पहिलो पार्टीका रुपमा स्थापित गर्ने दावी गरे । उनीहरुले सहमतिबाटै नयाँ नेतृत्व चयन हुने बताएका थिए । कार्यक्रममा सभापति रेशमवहादुर वानियाँ,उपसभापति खम्बिर गर्बुजा र नेत्रमहत लगायतका नेताहरुले संबोधन गरेका थिए ।

छैठौ अधिवेशनबाट नयाँ नेतृत्व चयनका लागि अहिले मनोनयन दर्ता सुरु गरिएको छ । सभापति पदका लागि जिल्लाका दुइजनाले नेताले मनोनयन दर्ता गर्नुभएको छ ।
सभापति पदमा वर्तमान उपसभापति खम्बिर गर्बुजा र महासमिति सदस्य एवम् पुराना नेता नत्रबहादुर महतले उम्मेदवारी दिनुभएको छ ।
त्यस्तै महाधिवेशन प्रतिनिधिका लागि पनि धेरै युवाहरुको इच्छा प्रकट भएपछि नेतृत्वलाई मिलाउन धौधौ भएको छ । सवै पदहरुमा निर्वाचनकै विधिबाट चयन गरीने काँग्रेस नेताहरुले जानकारी दिएका छन् ।


प्रतिक्रिया राख्नुहोस्