यी हुन् नेहा पुनको हत्यारा, यसरी गरे हत्या
पोखरा–
प्रहरी अन्तत मगर चलचित्रको नायिका समेत रहेकी योरुना पुन ‘नेहा’ को हत्यामा संलग्नलाई पक्राउ गर्न सफल भएको छ । प्रहरीले हत्याको अभियोगमा नाताले धर्म दाई पर्ने २१ वर्षीय सतिश भनिने कृतन खड्गीलाई पक्राउ गरेर सार्वजनिक गरेको हो । १९ वर्षकी नेहाको जवानी लुट्न खोज्ने पोखरा ९ नयाबजारका गेम हाउस संचालक समेत रहेका कृतनको नेहाले प्रतिरोध गरेसँगै रुष्ट भएर हत्या गरेको प्रहरी अनुसन्धानबाट खुल्न आएको छ ।
घटना घटेसँगै कास्कीका प्रहरी नावय उपरीक्षक गजु सिद्धि बज्राचार्यको नेतृत्वमा क्षेत्रीय प्रहरी कार्यलय पोखरा, अन्चल प्रहरी कार्यालय गण्डकी अ।स।प्र।गुल्म गण्डकी, बडा प्रहरी कार्यालय रामबजार समेतबाट प्रतिनिधित्व हुने गरि उक्त घटनाको अनुसन्धान गर्न विशेष टोली गठन गरी सुक्ष्म रुपमा गभ्भिरताका साथ अनुसन्धान गर्दा नेहालाई कर्तव्य गरी हत्या गर्ने अभियुक्त सतिश रहेको खुल्न आएको थियो ।
प्रहरीकाअनुसार अनुसन्धानबाट कृतन खड्गीले गत माघ १८ गते राती नेहा र अन्य साथीहरु समेत भेला भई न्यूरोड स्थित ओपन टेबुल रेष्टुरेन्टमा बसी मादक पदार्थ सेवन गरेको खुल्न आएको छ । त्यहाँबाट साती ९ बजेतिर कृतन खड्गीले योरुना पुनलाई घर पु(याउनको लागी आफ्नो मोटरसाइकलको पछाडी राखी नयाँगाउ तर्फ हिँडेका थिए । घटनास्थल नजिक पुगेपछी कृतन खड्गीले योरुना पुनलाई आज तिमि घर नजाउ लेकसाईड तिर घुमौ र त्यतै तिरको होटलमा संगै बसी रमाईलो गरौ भन्ने प्रस्ताव राखेका थिए । तर, योरुनाले त्यसलाई अस्वीकार गर्दै कृतनलाई अश्चिल शब्द प्रयोग गरी गाली(गलौज गरेकोपछि रिसको झोँकमा हेलमेटले योरुनाको टाउकोमा प्रहार गरेका थिए । त्यसलगत्तै योरुना ढलेको र त्यसपछी शारिरिक सम्पर्क राख्न खोज्दा मृतकको नाक र कानबाट रगत बगेको देखेपछि आफू भागेको उनले प्रहरीलाई बयान दिएका छन् । Ratopati

प्रतिक्रिया राख्नुहोस्