योरूना पुनको हत्या भएपछि म्याग्दी शोकमा, हत्यारालाई कडा कारवाहीको माग
विकल्प न्यूज /बेनी
माघ २० गते ।
म्याग्दी चिमखोला–७ स्थायी घरभई हाल कास्की पोखरा–१५ नयाँ गाउँमा बस्ने एक यूवतीको बलात्कार पछि हत्या गरिए पछि अहिले म्याग्दी शोकमा ढुवेको छ।
हत्यारालाई खोजी गरी कडा कारवाही गर्नुपर्ने माग उठेको छ । म्याग्दीमा रहेका विभिन्न दलहरु समर्थीत विद्यार्थी संघ,संगठनहरुले दोषीलाई कडा कारवाही गर्नुपर्ने माग गरेका छन् ।
१९ बर्षिया योरूना पुन ‘नेहा’को मंगलबार बिहान हत्या गरी फालिएको अवस्थामा शव फेला परेको हो । पोखरा न्यूरोडस्थित स्माईल क्याफेको लेखामा कार्यरत पुन सोमबार क्याफेबाट रातीसम्म घर नफर्किएपछि परिवार, छिमेकीले खोजीकार्य गर्दा सम्पर्क नभएपछि प्रहरीलाई जानकारी गराएका थिए ।
खोजीकार्य गर्ने क्रममा घर नजिकै खाली स्थानमा कालो कपडाले छोपेर फालिएको अवस्थाम शव फेला परेको थियो । शवको प्रकृति हेर्दा बलात्कारपछि हत्या गरिएको प्रहरीको प्रारम्भिक अनुमान रहेको छ । अर्धनग्न अवस्थामा शव भेटिएको थियो । टाउकोमा गहिरो चोट रहेको छ । मृतक पुनलाई जवरजस्ती गर्ने क्रममा प्रतिकार गर्दा कुनै बस्तुले हानेर हत्या गरिएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको प्रहरी निरिक्षक बेदप्रकाश जोशीले बताए ।
शव पोष्टमार्टका लागि पश्चिमाञ्चल क्षत्रीय अस्तपालमा लगेलगत्तै प्रहरीले तालिम प्राप्त कुकुर सहित टोली परिचालन गरेर हत्याराको खोजीकार्य थालेको छ । दैनिक बिहान काममा जाने र राती ८ बजे घर फर्कने गरेकी पुनलाई एकपक्ष रुपमा प्रेम गर्ने यूवा वा लागुपर्दाथ दुब्र्यसनीका साथै ब्यक्तिगत दुस्मनीका कारणमा हत्या गरिएको हुन अनुमान स्थानीयले गरेका छन् । घटनाका बारेमा छानविन गरी हत्यारालाई सार्वजनिक गर्न पुन समाज पोखार, म्याग्दी समाज पोखरा, प्रवासमा रहेका मगर समुदायसंग आवद्ध संघसंस्था लगाएतका संघसंस्थाले माग गरेका छन्। उनको हत्या भएको खवर पाउनासाथ म्याग्दीवासीहरुले सामाजिक सञ्जाल मार्फत कडा कारवाहीको माग गरेका छन् ।
प्रतिक्रिया राख्नुहोस्