अवैध हतियार र घोरलको छाला बरामद(फोटो सहित)
विकल्प न्यूज/बेनी
माघ १३ गते ।
म्याग्दीको अर्मन–२ दोवाङको बेलबहादुर खत्री बन्यजन्तु शिकारीमा संलग्न भएको पाइएको छ । बन्यजन्तुको चोरी शिकारीमा संलग्न भएको गोप्य सूचनाको आधारमा प्रहरीले खानतलासी गर्दा घरभित्र १ किलो मासु, २ वटा सिंङ, २ वटा छाला फेला पारेको प्रहरी नायव उपरिक्षक विश्वराज खड्काले बताउनुभयो ।
वरामद गरिएको घोरलको मासु र छाला
बुधबार प्रहरी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा खत्रीको घर बस्तीबाट टाढा रहेकाले पनि उनले समयसमयमा बन्यजन्तुको शिकार गर्ने गरिएको प्रनाउ खड्काले बताउनुभयो ।
खत्रीको खोजीकार्य भइरहेको प्रहरीले जनाएको छ । अर्मनको जंगलमा घोरलको संख्या धेरै रहेको अनुमान समेत स्थानीयले गरेको प्रहरीले जनाएको छ । प्रहरी आएको जानकारी पाएलगत्तै खत्री फरार भएको हुनसक्ने भन्दै प्रहरीले आसपासका क्षेत्रमा खोजीकार्यका लागि प्रहरी खटाइएको छ ।
प्रहरीले खत्रीको घरको तल्ला तलाबाट १ नाले भरुवा बन्दुक समेत वरामद गरेको छ । उनले जनाबरको तस्कर गरेपछि छालालाई सुरक्षित राखेकाले पनि विगतमा यस्तै गतिविधिमा संलग्न भएको अनुमान प्रहरीले गरेको छ ।
बरामद गरिएको भरुवा बन्दुक देखाउँदै प्रहरी
हिस्तान गाविस–९ दोसल्लेमा चितुवालाई मारेर सुकाएको हरअवस्थामा ३५ वर्षिय हिकबहादुर पुर्जालाई पक्राउ गरेको एकहप्ता नवित्दै प्रहरीले खत्रीको घरबाट घोरलको छाला, मासु सहित एक अवैध भरुवा बन्दुक सहित बन्यजन्तुको छाला सहितको साम्रागी फेला पारेपछि जिल्लाका अन्य क्षेत्रमा समेत खोजीकार्यलाई तिब्रता दिएको छ । खत्रीलाई अवैध हातहतियार तथा खरखजाना र बन्य जन्तुतस्कारमा मुद्धा चलाउने तयारी गरिएको छ ।
जिल्ला वन कार्यालयद्धारा घोरलको मासु माटो मुनी पुर्दै




प्रतिक्रिया राख्नुहोस्