पुलाचौरमा काँग्रेसको कार्यक्रम
विकल्प न्यूज /बेनी
माघ ११ गते ।
नेपाली कांग्रेसले संचालन गरेको गाउँ अभियानका क्रममा सोमबार बेनी नगरपालिका १२ पुलाचौरमा कार्यक्रम गरेको छ । नेपाली काँग्रेसले नयाँ संविधान जारी भएलगत्तै जनतालाई नयाँ संविधानका वारेमा जानकारी दिने उद्देश्यले कस्तो बन्यो संबिधान, जनताको संविधान भन्न,े कार्यक्रम सुरु गरेको थियो ।

पुलाचौरमा भएको कार्यक्रममा बोल्दै नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद शंकर भण्डारीले धार्मिक र पर्यटकिय स्थल पुलाचौरको पुलह पुलहा आश्रमलाई केन्द्रीय स्तरबाटै यसको संरक्षणका लागि आफुले पहल गर्ने बताउनुभयो । उहाँले नेपालको जुनसुकै अवस्थामा नेपालको राजनीतिक परिबर्तनमा नेपाली काँग्रेसको भूमिका महत्वपूर्ण भएको बताउनुभयो । नेपालको राजनीतिक आन्दोलनमा काँग्रेसले खेलेको भूमिकालाई जनताले सधै स्मरण गरेको बताउनुभयो ।
नेपाली कांग्रेस गाउँ कार्यसमिति नगरपालिका १२ पुलाचौरका सभापति हेम बहादुर खत्रीको सभापतित्वमा भएको कार्यक्रममा नेपाली कांग्रेस म्याग्दीका सचिव माधव रेग्मी,निर्बतमान सभापति,डाःभुपेन्द्र खड्का,महासमिति सदस्यद्धय चिरन्जीबी पौडेल,नेत्र महत,महाधिबेशन प्रतिनिधि धनवहादुर छन्त्याल,नेपाल तरुणदलका अध्यक्ष मुकुन्द छन्त्याल, महिला संघ अध्यक्ष बिमला गौचन, नेबिसंघ म्याग्दीका अध्यक्ष भरत रकाल दलित प्रतिनिधि प्रेम दर्जि लगायतले मन्तब्य राखेको कार्यक्रमको संञ्चालन शिक्षक संघका सदस्य बिजय शर्मा पौडेलले गरेको थिए ।
प्रतिक्रिया राख्नुहोस्