सहिद परिवारका खड्का वाईसीएलको केसमा निर्वाचित
विकल्प न्यूज÷बेनी
माघ १० गते ।
म्याग्दीको बाबियाचौरका पुनम खड्का एकिकृत नेकपा माओवादी निकट युवा संगठन (वाईसीएल)को केन्द्रिय सदस्यमा निर्वाचित हुनुभएको छ ।
वाईसीएलको आईतबार राजधानी काठमाडौमा सम्पन्न राष्ट्रिय भेलाबाट खड्का केन्द्रिय सदस्यमा निर्वाचित हुनुभएको हो । एकिकृत नेकपा माओवादी म्याग्दीका जिल्ला सदस्य रहनुभएका खड्का जनयुद्धकालमा विद्यार्थी संगठन अखिल क्रान्तिकारीमा आवद्ध भएर भुमिगत राजनीती गर्नुभएको थियो ।
हाल राजनीतिकसंगै ब्यवसायमा आवद्ध खड्का सहिद परिवार हुनुहुन्छ । उहाँका बुवा नन्दबहादुर र दिदी सृजना युद्धकालमा दिवंगत हुनुभएको थियो ।
प्रतिक्रिया राख्नुहोस्