चितुवाको छालासहित पक्राउ परेका व्यक्तिलाई सार्वजनीक
सन्तोष गौतम/विकल्प
म्याग्दी,माघ १० गते ।
जिल्ला प्रहरी कार्यालय म्याग्दीले आईतबार चितुवाको छाला सहित पक्राउ परेका एक व्यक्तिलाई सार्वजनीक गरेको छ ।
हिस्तान गाविस ९ दोसल्लेका ३५ वर्षिय हिकबहादुर पुर्जालाई उनको साथबाट बरामद भएको चितुवाको छाला सहित सार्वजनिक गरेको हो । पासोमा चितुवा मारेर छाला सुकाएको अवस्थामा माघ ९ गते पुर्जालाई उनकै घरबाट प्रक्राउ गरिएको प्रहरी नायव उपरिक्षक विश्वराज खड्काले जानकारी दिनुभयो ।
सिमा प्रहरी चौकी भुरुङ्ग तातोपानीका प्रहरी नायव निरिक्षक सोमन छन्त्याल र घार प्रहरी चौकीका प्रहरी सहायक निरिक्षक अर्जुन शर्माको नेतृत्वमा खटिएको टोलीले पुर्जाको चर्पीको बाहिरपट्किो भित्तामा सुकाएको अवस्थामा चितुवाको छाला र अन्य अंगहरु बरामद गरेको थियो ।
४० ईञ्च लम्बाईको शरीर, ३० ईञ्च लामो पुच्छर र १८ ईञ्च चौडाई भएको छिर्केमीर्के चितुवाको एक थान छाला, चितुवा मार्न प्र्रयोग भएको फलामको तारको पासो, चितुवाको दा¥हा बरामद भएको छ । पुर्जाले जंगली जनावरले दःुख दिएकाले तर्साउनका लागि थापेको पासोमा चितुवा परेको बताएका छन् ।
पक्राउ परेका व्यक्ति र छाला सहितका अंगहरु आवश्यक कारबाहीका लागि जिल्ला वन कार्यालयमा बुझाउने प्रहरी नायव उपरिक्षक खड्काले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्