एकै दिनमा सबै वडा कमिटि गठन
अगन्धर तिवारी/विकल्प
पर्वत,माघ ९ गते ।
नेपाली कांग्रेसको आसन्न १३ औं महाधिवेशनलाई लक्षित गर्दै शंकरपोखरी नेपाली कांग्रेस गाउँइकाई समितिले शनिबार गाविसका एक बाहेक सबै वडामा वडा समिति गठन गरेको छ ।
शनिबार गाउँ इकाइ समितिका सभापति अर्जुनबहादुर कार्की र उपसभापति गिरिजा तिवारीको उपस्थितीमा वडा नम्वर ७ बाहेकका सबै वडामा वडा इकाई समिति गठन गरिएको हो ।
कांग्रेस गाउँइकाइ समितिका अनुसार वडा नंवर १ मा सभापति नारायण तिवारी र सचिव ख्यामराज गौतम सहित २७ सदस्ययिय कार्यसमिति गठन भएको छ ।

त्यस्तै वडा नंवर २ मा गोबिन्दप्रसाद सापकोटालाई सभापति र राधा भुषाललाई सचिवमा चयन गर्दै १९ सदस्यीय समिति गठन गरिएको छ । वडा नम्वर ३ मा सभापति सुबेदार खड्कबहादुर कार्की र सचिव मोतिप्रसाद अधिकारी सहित २७ सदस्यीय वडा कमिटि, ४ मा भागिरथ चुवाईं सभापति र डिल्लीराम लामगादे सचिव सहित २९ सदस्य सहितको समिति गठन गरिएको हो ।
यसैगरि वडा नंवर ५ मा सभापति निर्मलाकुमारी शर्मा सचिव रेखा खत्री सहित २५ सदस्यीय, वडा नंवर ६ मा सभापति ऋषि कार्की र सचिव डिलकुमारी कार्की सहित १७ सदस्यीय । वडा इकाइ समिति गठन भएको गाउँ इकाई उपसभापति गिरिजा तिवारीले बताउनुभयो । वडा नंवर ८ मा सभापति बलबहादुर थापा र सचिव राधा राजकुमार बिक सहित २३ सदस्यीय समिति र वडा नंवर ९ मा सभापति प्रेमप्रसाद भुषाल र सचिव कोषप्रसाद भुषाल सहित १७ सदस्यीय समिति गठन गरिएको हो ।
वडा नम्वर ७ की स्थानीय एक महिलाको मृत्यू भएका कारण त्यहाँको अधिवेशन स्थगित भएको भन्दै कांग्रेस गाउँ इकाई समितिले आइतबार बिहान गठन हुने जनाएको छ ।
निर्वाचित सबै पदाधिकारीहरुलाई गाउँ इकाई सभापति र उपसभापतिले बधाई ज्ञापन गर्नुका साथै सम्पुर्ण पदाधिकारीहरुलाई एकजुट भई यहि १५ गतेको गाउँ अधिवेशन एक ढिक्का भएर सफल पार्न आग्रह गर्नुभएको थियो । अधिवेशनमा शिक्षक संघका पदाधिकारीहरुलाई निर्वाचन अधिकृतको जिम्मेवारी तोकिएको नेपाली कांग्रेश शंकरपोखरी गाउँ इकाइ समितिले जनाएको छ । कांग्रेस गाउँ इकाईको अधिवेशन यहि माघ १५ गते हुने बताइएको छ ।
प्रतिक्रिया राख्नुहोस्