बेनीमा जारी दोस्रो राष्ट्रपति रनिङ शिल्डको चौथो दिनसम्म वेष्ट प्वाईन्टकै अग्रता
सन्तोष गौतम
म्याग्दी ८ माघ ।
म्याग्दीको बेनीमा सञ्चालित दोस्रो राष्ट्रपति रनिङ शिल्ड मावि स्तरीय छात्रछात्रा खेलकुद प्रतियोगिताको चौथो दिनसम्म न्यु वेष्ट प्वाईन्ट आवाशिय उच्च माविले अग्रता कायम गरेको छ ।
प्रथम राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको बिजेता वेष्ट प्वाईन्टले १४३ अंक सहित अग्रता कायम गरेपनि छात्र÷छात्रा भलिबलमा भने सेमीफाईनलबाटै बाहिरीएको छ । एथलेटिक्सका खेलहरुमा राम्रो प्रर्दशन गरेर अंकमा अग्रता कायम गरेको न्यु वेष्ट प्वाईन्टलाई बेनीकै माउन्ट एभरेष्टले ७२ अंक सहित पछ्याएको छ ।
अंक बढाउन महत्वपूर्ण योगदान गर्ने छात्रछात्रा भलिबलको फाईनलमा भने पहिलो राष्ट्रिपति कपको उपबिजेता बाबियाचौरको मंगला उच्च मावि र बरंजाको महेन्द्ररत्न उच्च मावि भिड्ने प्रतियोगिताका सञ्चार संयोजक बिरेन्द्र श्रेष्ठले जानकारी दिनुभयो ।
शुक्रबार भएको एक सय मिटर छात्र दौडतर्फ न्यु वेष्ट प्वाईन्टका सुरेश दर्जी प्रथम, बेनी आमावीका दिपक श्रीस दितृय र माउन्ट एभरेष्टका प्रविण हमाल तितृय भएका छन् । छात्रातर्फ धौलागिरी माविका रिमा कार्की प्रथम, डनीङ बोर्डीङ स्कुल बाबियाचौरका कबिता पुन दितृय र मुक्तिधाम उच्च मावि भगवतीका रसीला बिक तितृय भएका छन् ।
छात्रतर्फको चार सय मिटर दौडमा वेष्ट प्वाईन्टका सरोज खत्री प्रथम, प्रकाश उच्च माविका सुजन कार्की दितृय र माउन्ट एभरेष्टका बिनेश पुन तितृय भएका छन् । छात्रातर्फ जनप्रिय उच्च मावि दरवाङगका सुनमाया शाखाशंकर प्रथम, म्याग्दी एकेडेमी सिंगाका दिया केसी दितृय र किसानी मावि धारापानीका अस्मीता सुनार तितृय भएका छन् ।
तिन हजार मिटर दौडको छात्रतर्फ राष्ट्रिय जन जागृती मावि पुर्णगाउँका सन्तोष खत्री प्रथम, वुद्ध एकेडेमीका विशाल घर्ती दितृय र मुक्तिमार्ग उच्च मावि घारका सञ्जिवन बरुवाल तितृय भएका छन् । छात्रातर्फ माउन्ट एभरेष्टका सृष्टि पुन प्रथम, अर्जुन उच्च मावि भकुण्डेका कुशुम सुनार दितृय र दिपशिखा उच्च मावि कुहूँका निशा खत्री तितृय भएका छन् ।
चार सय मिटर रिले छात्रतर्फ न्यु वेष्ट प्वाईन्ट प्रथम, माउनट एभेरष्ट दितृय र बेनी सामुदायीक तितृय तथा छात्रातर्फ वेष्ट प्वाईन्टप्रथम, प्रकाश उच्च मावि दितृय र वृद्ध एकेडेमी तितृय भएका छन् । सोह् सय मिटर रिलेमा छात्रतर्फ बेनी आवासिय मावी प्रथम, माउन्ट एभरेष्ट दितृय र वेष्ट प्वाईन्ट तितृय तथा छात्रातर्फ वेष्ट प्वाईन्ट प्रथम, जनप्रिय उच्च मावी दरवाङ दितृय र जयन्ती मावि भकिम्ली तितृय भएका छन् ।
ज्याब्लीङ थ्रोमा छात्रतर्फ वेष्ट प्वाईन्टका शुशिल श्रेष्ठ प्रथम, रघुगंगा मावि पिप्लेका राजेश मिजार दितृय र जनप्रिय उच्च मावि दरवाङका चित्रबहादुर दर्जी तितृय तथा छात्रातर्फ माउन्ट एभरेष्टका रश्मी पुन प्रथम, वेष्ट प्वाईन्टका हिरा थापा दितृय र रघुगंगा माविका शोभा बिक तितृय भएका छन् ।
लङजम्पमा छात्रतर्फ वेष्ट प्वाईन्टका सुरेश दर्जी प्रथम, बेनी आमावीका पुरन छन्त्याल दितृय र माउन्ट एभरेष्टका अमरसिंह रोका तितृय तथा छात्रातर्फ धौलागिरी मावि सिंगाका रिमा कार्की प्रथम, प्रकाश उच्च माविका सृजना बराईली दितृय र जामुनाखर्क उच्च माविका अभिष्मा शाही तितृय भएका छन् ।
शनिबार सम्पन्न हुने प्रतियोगिताका बिजेता, उपबिजेता र तितृय हुने विद्यालयले राष्ट्रपति रनिङ शिल्ड, मेडल र प्रमाणपत्र सहित नगद ७५ हजार, ५० हजार र २५ हजार रुपैया पुरस्कार प्राप्त गर्ने आयोजक जिल्ला खेलकुद विकास समितिका अध्यक्ष कृष्णकुमार विश्वकर्माले बताउनुभयो । उहाँका अनुसार जिल्ला स्तरीय खेलमा बिजेता खेलाडीहरुले क्षेत्रीय र राष्ट्रिय खेल खेल्ने अवसर पाउनेछन् । प्रतियोगिता शनिबार सकिदैछ ।



प्रतिक्रिया राख्नुहोस्