पर्वतमा गाविस सचिवको मनपरी, गाउ परिषद नसकि इलाका
अगन्धर तिवारी/विकल्प
पर्वत,माघ ८ गते ।
पर्वत– जिल्लाको दक्षिणि गाविस वाहाकीठा“टीको अझै गाउ“परिषद भएको छैन । गाउ“परिषद् नभए पनि जिल्ला विकास समितिले आज माघ ८ गते (शुक्रबार) वाहाकी सहित आसपासका ६ गाविस समेटेर इलाका नम्वर ६ को इलाका परिषदको तयारी गरेको छ । त्यस्तै जिल्लाकै शालिग्राम, ठूलीपोखरी, पाखापानी, रानीपानी, टकलाक लगायतका दर्जनबढी गाविसका गाउ“परिषद् अझै भएका छैनन् ।
पुष मसान्तभित्र सक्नुपर्ने गाउ“परिषद् नसकि गाविस सचिवहरुले इलाका परिषदको तयारी गरेको पाइएको छ । गाविसका हरेक वडा हु“दै गाउ“परिषद्बाट आएका योजनाहरु छनोट गरि इलाका परिषदबाट पास गराएपछि जिल्ला परिषदमा पठाउनुपर्ने प्रँवधान छ । तर, पुष भित्रै सक्ने गाउ“ परिषद नगरि सचिवहरुले आफूखुशी कागजमा मात्रै योजना बनाउ“दा मुख्य आवश्यकताका योजनाहरु ओझेलमा पर्ने स्थानीयहरु बताउ“छन् । कतिपय गाविस सचिवहरुले गाउ“स्तरिय भेला नबोलाई कागजमा मात्रै परिषद भएको प्रतिबेदन बनाएर स्थानीयहरुलाई ढा“टेको पाइएको छ ।
स्थानीय स्वायत्त शासन ऐन २०५५ र नियमावली २०५६ मा हरेक पुष मसान्तभित्र गाउ“, माघ मसान्तभित्र इलाका र फागुन मसान्तभित्र जिल्ला परिषद सक्नुपर्ने प्रावधान छ । तोकिएको समयमा गाउ“ परिषद नसके गाविसलाई दिइने निःशर्त अनुदान र क्रमागत आयोजनाका अनुदानमा २० देखि ७० प्रतिशत सम्म बजेट रोकिने प्रावधान छ । तर, जिल्लाका अधिकांस सचिवहरुले समयमा परिषद् गर्न नसक्दा स्थानीयस्तरमा जाने बजेट हरेक वर्ष कटौती हु“दै आइरहेको छ । एकजना सचिवका कारण सयौं उपभोक्ताहरु विकासका आयोजनाहरुबाट बञ्चित हुनुपरेको अवस्था छ । ‘परिषदमा कहिल्यै खबर हु“दैन,’ रानीपानीका श्याम बस्यालले भने, ‘अहिले पनि सचिवले परिषद भयो भन्छन् तर, हामीले खबरै पाएनौं ।’ टकलाकका रुकमाङ्गत न्यौपानेले कोठामा परिषद्को खाका तयार पारेर सार्वजनिक गर्न मात्रै दलका प्रतिनिधिहरुलाई डाकेको आरोप लगाए । ‘आज मात्रै मलाई सचिवले बोलाएका छन्,’ पुर्व जिविस सदस्य समेत रहेका न्यौपानेले भने, ‘गाविसका हरेक नीतिगत निर्णयमा बिरालो बा“धेर श्राद्ध गर्ने काम भएको छ ।’ महिला, दलित, अपाङ्ग लगायतको प्रतिनिधिमुलक सहभागिता नै नगराइ भएका परिषदले कुनै अर्थ नराख्ने उनले बताए ।

सदरमुकामसंगै जोडिएको ठुलीपोखरी गाविसको परिषद नै नगरि बिहिबार उक्त क्षेत्रमा पर्ने इलाका नंवर ४ को परिषद सम्पन्न भएको छ । गाविस सचिव कुलप्रसाद लामिछानेले पुष २९ गते परिषद गरिएको भने पनि स्थानीय प्रतिनिधिहरुले भने सचिवले परिषद नै नगरि भाग्न खोजेको आरोप लगाएका छन् । गाउ“ प्रतिनिधि मोतिप्रसाद लामिछानेका अनुसार भूकम्पपीडितहरुको राहतमा सचिवले अनियमितता गरेको भन्दै राजनीतिक दलका प्रतिनिधिहरुले परिषद रोकेका छन् । ‘सचिवले भूकम्पपीडितको रकममा अनियमितता गरेको पायौं,’ उनले भने, ‘सबै पीडितको राहत पारदशी गरेर मात्रै परिषद गर्नुस् भन्दा सचिव सम्पर्कमा आएकै छैनन् ।’ सचिव कुलप्रसादले भने कागजमा परिषद सम्पन्न भएको देखाएर बिहिबारै आर्थरस्थीत पञ्चकोशी उच्च माविको परिषदमा सहभागि हुन पुगेका थिए ।
जिल्ला विकास समितिका पदाधिकारीले भने गाविसले परिषद नसके पछि इलाका परिषदको काम जिविसको जिम्मेवारीभित्र पर्ने भएकोले समयमै गर्न लागिएको जनाएको छ । ‘इलाका गोष्ठी गर्ने कुरा डेढ महिनाअघि गरेको निर्णय हो,’ जिविसका सामाजिक विकास अधिकृत लिलाधर सुबेदीले भने, ‘पुष मसान्तभित्र गर्नुपर्ने कार्यबिधि छ । उनिहरुले परिषद गरेनन् भनेर हामीले गाविस कुरेर बस्दैनौं ।’ कार्यबिधि भन्दा बाहिर बसेर काम गर्ने गाविसका योजनाहरु जिल्ला परिषदमा समावेश नहुने उनले बताए ।

प्रतिक्रिया राख्नुहोस्