ज्ञानोदय प्राबिद्धारा जग्गा र चन्दादाताहरुलाई सम्मान
विकल्प न्यूज /बेनी
माघ ८ गते ।
म्याग्दीको बाबियाचौर ८ सहश्रधारामा रहेको ज्ञानोदय प्राबिले बिहीबार चन्दा र जग्गादाताहरुलाई सम्मान गरेको छ ।
वि.स २०४२ सालमा स्थापना भएको विद्यालय भवन निर्माणका लागि जग्गा उपलब्ध गराउने र विभिन्न समयमा आर्थिक सहयोग गर्ने चन्दादाताहरुलाई एक समारोहको आयोजना गरि सम्मान गरिएको हो ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष धनबहादुर खातीको अध्यक्षता, शिक्षक बिना भण्डारीको स्वागत, शिक्षक बेलबहादुर बिक र सुरेश बिकले सञ्चालन गर्नुभएको कार्यक्रममा बाबियाचौरका वयोवृद्ध अगुवा पदमबहादुर खत्री प्रमुख अतिथि रहनुभएको थियो ।
उक्त कार्यक्रममा प्रअ दिलकुमारी शर्मा, पुर्व अध्यक्ष नरसिंह मल्ल, चन्दादाताहरु ललितबहादुर मल्ल, नन्दकुमारी पुन, जग्गादाता होमबहादुर सेन, नन्दकली पौडेल र जनआदर्श महिला समूहकी देवी कुमारी खत्रीले मन्तब्य व्यक्त गर्नुभएको थियो ।
विद्यालयको सहयोगको लागि सञ्चालन गरिएको चिठ्ठा को पनि सोही अवसरमा सार्वजनिक गरिएको थियो । सेवा निवृत हुनुभएका निवर्तमान प्रअ मुकुन्दप्रसाद सुवेदीलाई सम्मान सहित बिदाई गरिएको थियो ।
सम्मान कार्यक्रमका अवसरमा नन्दकुमारी पुनले छ हजार ६५५, देवी खत्रीले पाँच हजार, ललीतबहादुर मल्लले पाँच हजार, जितबहादुर किसानले पाँच हजार ५० र दुर्गादत्त सुवेदीले पाँच हजार रुपैया सहयोग गर्नुभएको थियो । सन्तोष गौतम

प्रतिक्रिया राख्नुहोस्