भारत लैजादै गरेको अवस्थामा छविना तिलिजाको उद्धार
हरिकृष्ण गौतम/विकल्प
म्याग्दी,माघ ८ गते ।
भारत लैजादै गरेको अवस्थामा म्याग्दीकी एक यूवती भारतीय सिमा नजिकबाट उद्धार गरिएको छ । जिल्लाको चिमखोला–३ घर भएकी २४ बर्षिया छविना तिलिजा रोका सहित तीनजनालाई इलाका प्रहरी कार्यालय कन्चनपुरले उद्धार गरिएको छ ।
राखु पिप्ले–४ का लालबहादु चन्दको सहयोगमा सिमा क्षेत्रसम्म पुगेकी रोकालाई सोझपुछ गर्दा भारत जान लागेको पत्ता लागेपछि नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी नायव उपरिक्षक विश्वराज खड्काले उद्धार गरिएकी महिलाका आफन्त संग सम्पर्कको प्रयास भइरहेको बताउनुभयो ।

सिमाक्षेत्रमा सक्रिय रहेको माईती नेपालले अस्थायी रुपमा चारनजना महिलालाई राखेको छ । एजेण्ड लालबहादुर चन्द सहित मानवतस्करका बारेमा अनुसन्धान भइरहेको छ । भारतबाट इराक, सिरिया, लेवनानका साथै खाडी मुलुकमा समेत लैजाने गरिएको छ । भारत तथा तेस्रो मुलुकमा आर्कषक तलव सहितको प्रलोभन देखाएर यस अगाडी समेत म्याग्दीबाट यूवतीहरुलाई लगिएको हुनसक्ने प्रहरीको अनुमान रहेको छ ।
प्रतिक्रिया राख्नुहोस्