गलेश्वरमा टेलिफोन सेवा विस्तार
सन्तोष गौतम/विकल्प
म्याग्दी,माघ ७ गते ।
म्याग्दीको बेनी नगरपालीका ९ मा पर्ने प्रसिद्ध धार्मीक स्थल गलेश्वरमा टेलिफोन सेवा विस्तार भएको छ ।
नेपाल टेलिकम म्याग्दी शाखाले गलेश्वरमा (एमसान) प्रबिधिको तारजडित टेलीफोन सेवा विस्तार गरेको हो । गलेश्वरमा पहिलो चरणमा ४० लाईन टेलीफोन जडान गरिएको टेलीकमका म्याग्दी शाखा प्रमुख बिष्णुदेव शाहले जानकारी दिनुभयो ।
टेलिफोनको साथै तिब्र गतिको एडीएसएल ईन्टरनेट चलाउन सकिने उक्त प्रबिधिको फोन एक वटा केन्द्रबाट ९६ वटा लाईन वितरण गर्न सकिने शाहले बताउनुभयो । टेलिफोन सेवा बिस्तार भएपछि गलेश्वरका बासिन्दा, ब्यवसायीका साथै गलेश्वर भ्रमणमा आउने धार्मीक पर्यटकहरु लाभान्वित बनेका छन् ।
यसैबर्ष गुर्जा, ताकम र दानामा मोवाईल फोनको टावर स्थापना गर्ने तयारी गरेको टेलीकमले आगामी वर्ष सिंगा तातोपानी, बाबियाचौर र दरवाङ क्षेत्रमा पनि एमसान प्रबिधिको टेलीफोन विस्तार गर्ने योजना बनाएको छ । टेलीकमले बेनीमा एक हजार दुई सय लाईन तारजडित टेलिफोन विस्तार गरेको छ । बेनीमा अझै चार सय लाईन टेलीफोन वितरण गर्न सकिने शाखा प्रमुख शाहले बताउनुभयो ।
प्रतिक्रिया राख्नुहोस्