विद्यालयको आयस्रोत बढाउन आलुखेती
सन्तोष गौतम/विकल्प
म्याग्दी,माघ ७ गते ।
म्याग्दीको एक सामुदायीक विद्यालयले आयस्रोत बढाउन ब्यवसायीक आलु खेती गरेको छ ।
कुहुँ गाविस ९ हिदीमा रहेको सिद्धशान्ति माविले निजी स्रोतका शिक्षकको तलब जुटाउन आलु खेती गरेको हो । चार रोपनी बारीमा शिक्षक र विद्यार्थीहरुले आलु खेती गरेको शिक्षक ठाकुरप्रसाद तिवारीले जानकारी दिनुभयो ।
स्थानीयले उपलब्ध गराएको बारीमा शिक्षक र विद्यार्थीले श्रमदान गरेर आलु लगाएका हुन् । अहिले लगाएको आलु असार महिनामा उत्पादन लिन सकिन्छ । गत वर्ष पनि विद्यालयले १२ मुरी आलु उत्पादन गरेर बेचेको थियो ।
आलु बेचेर भएको आम्दानी निजी स्रोतका शिक्षकको तलबभत्तामा खर्च हुने प्रअ होमनाथ पाण्डेले बताउनुभयो । करिब दुई सय जना विद्यार्थी अध्ययनरत विद्यालयमा चार जना निजी स्रोतका शिक्षक छन् । उनिहरुको तलबभत्ताका लागि मासिक २० हजार रुपैयाँ समुदायबाट जुटाउने गरिएको छ ।


प्रतिक्रिया राख्नुहोस्