म्याग्दीमा काँग्रेस युवा नेताले दिए चुनौती, महाअधिबेशन प्रतिनिधिको उम्मेदवारी घोषणा
सन्तोष गौतम/विकल्प
म्याग्दी,माघ ६ गते ।
नेविसंघ म्याग्दीका पुर्व सभापति धनबहादुर छन्त्याल र बाहालवाला सभापति भरत रकालले आसन्न जिल्ला अधिवेशन मार्फत चयन हुने महाधिवेशन प्रतिनिधिका लागि बुधबार उमेद्वारी घोषणा गर्नुभएको छ ।
छन्त्यालले समावेशी अन्तरगत अल्पसंख्यक र रकालले खुल्ला तर्फबाट महाधिवेशन प्रतिनिधि पदका लागि उमेद्वारी दिने घोषणा गर्नुभएको हो । उहाँले नेपाली काँग्रेसको १३ औ महाधिवेशन मार्फत चयन हुने नेतृत्वलाई युवामैत्री, समावेशी, बैचारीक रुपमा योग्य बनाउनका लागि आफूहरु प्रतिनिधि बन्न लागेको बताउनुभयो ।
छन्त्याल र रकालले उमेद्वारी घोषणाका लागि आयोजित पत्रकार भेटघाट कार्यक्रममा उपस्थित नेपाल महिला संघका जिल्ला सभापति बिमला गौचनले युवाहरुलाई आफ्नो सर्मथन रहने बताउनुभयो । नेपाली काँग्रेसका यही माघ १५ गते गाउँ, २५ गते जिल्ला अधिवेशन हुदैछ् ।
नेपाली काँग्रेस म्याग्दीको सभापतिका लागि वर्तमान सभापति तथा सांसद रेशमबहादुर बानिया, उपसभापति खम्बीर गर्बुजा र महासमिति सदस्य नेत्रबहादुर महत आकांक्षि देखिनुभएको छ । उक्त कार्यक्रममा अनेरास्ववीयुका जिल्ला सदस्य बिकल बरुवालले नेविसंघमा प्रवेश गरेको घोषणा गर्नुभएको थियो ।

प्रतिक्रिया राख्नुहोस्