छाला सम्बन्धि रोग लागेका रमेश दर्जीका वारेमा विश्वमै चर्चित डिस्कोबरी च्यानलले उनको दैनिकी सहित उपचारका बारेमा चासो
हरिकृष्ण गौतम /विकल्प
म्याग्दी,माघ ४ गते ।
आर्थिक अभावमा छाला सम्बन्धि रोगको उपचार गर्नबाट बन्चित भएका बागलुङ जिल्लाको भिमगिठे गाविस–५का ११ बर्षिय रमेश दर्जीको अवस्था बारे अन्र्तराष्ट्रिय संचारमाध्यमले समेत चासो देखाएका छन् । आर्थिक अभावका कारण उपचारबाट बन्चित भएको समाचार समाचार प्रकाशित भएपछि उनको अवस्थाका बारेमा अन्र्तराष्ट्रियस्तरबाट समेत चासो देखाइएको छ ।
विश्वमै चर्चित डिस्कोबरी च्यानलले उनको दैनिकी सहित उपचारका बारेमा चासो देखाएको छ । तनहुँमा एकै बालकको तीनवटा हात रहेको डकुमेन्टी बनाउन आएको टोलीका चनम झाले बालकको अवस्थाका बारेमा आफुँहरुलाई जानकारी भएलगत्तै त्यसले ध्यान तानेको बताए । उनले बालकको फोटो देखेपछि आवश्यक अनुमतिका लागि केन्द्रमा जानकारी गराइएको समेत बताए । उनले अनुमति प्राप्त गरेलगत्तै गाउँमै पुगेर बालकको अवस्था र उपचारमा सघायने समेत बताए । सामान्य कृषि पेशामा आवद्ध दर्जी परिवारले आर्थिक अभावकै कारण उपचार गर्न सकेका छैनन् ।
रमेशकी आमा नरकुमारीले उपचारमा सहयोगको प्रतिबद्धताले परिवार खुसी भएको बताउँदै छोराको उपचार नै घरको खुसी भएको बताईन् । चारवटा छोरामध्ये रमेश माहिला हुन् । छाला सम्बन्धि रोगका कारण उनको शरीरका विभिन्न भागमा घाउ समेत देखिएको छ । यसैविच दर्जीको उपचारका लागि MRR समुहले काठमाण्डौमा उपचारका लागि आवश्यक पर्ने सबै सहयोगको ब्यवस्था मिलाउने प्रतिबद्धता जनाएको छ भने म्याग्दी सहित प्रवासमा रहेका म्याग्देलीले समेत सहयोगका लागि चासो देखाएका छन् । यसैविच एउटा टोली काठमाण्डौबाट दर्जीलाई भेट्न आज एक टोली बागलुङतर्फ प्रस्थान गरेको छ ।
प्रतिक्रिया राख्नुहोस्