बेनीमा १८ औ भूकम्प सुरक्षा दिवस मनाइयो
विकल्प न्यूज /बेनी
माघ २ गते ।
१८ औ भुकम्प सुरक्षा दिवस शनिबार म्याग्दीमा पनि जनचेतनामुलक कार्यक्रमको आयोजना गरि मनाइएको छ ।
भुकम्प सुरक्षा दिवस मुल समारोह समिति म्याग्दीको आयोजनामा ‘बैशाख १२ मा गैहाल्यो भुईचालो, सुरक्षित पुननिर्माणमा जुट्ने हाम्रो पालो’ भन्ने नारा सहित दिवस मनाइएको हो ।

सो अवसरमा प्रमुख जिल्ला अधिकारी सागरमणी पाठकको नेतृत्वमा बेनी बजारमा भुकम्प सुरक्षा सम्बन्धि सन्देशमुलक नारा लेखिएको प्ले कार्ड बोकेर सरकारी कर्मचारी, राजनितिक दल, संघ संस्था, सर्वसाधारण, रेडक्रसकर्मी र सुरक्षाकर्मीहरुले ¥याली निकालीएको थियो ।
¥यालीपछि जिल्ला विकास समितिको सभाहलमा औपचारीक समारोहको आयोजना गरि कार्यक्रम समापन गरिएको थियो । सहभागिहरुले भुकम्पबाट हुने जनधनको क्षत्ती न्युनीकरणका लागि सावधानी अपनाउनुपर्ने र पुर्वाधारका संरचना भुकम्प प्रतिरोधी बनाउनुपर्नेमा जोड दिएका थिए । सन्तोष गौतम
प्रतिक्रिया राख्नुहोस्