बेनीमा महिला उद्यमीद्धारा आयोजित दुई दिने माघे संक्रान्ति मेला सुरु
विकल्प न्यूज /बेनी
म्याग्दी,माघ १ गते । बेनी बजारमा यहाँका महिला उद्यमीहरुको आयोजनामा शुक्रबार देखि दुइदिने माघे संक्रान्ति मेला सुरु भएको छ ।
बेनीमा लाग्ने परम्परागत माघे संक्रान्ति मेलाको जर्गेना गर्दै आन्तरिक पर्यटनको प्रर्वद्धन गर्ने उद्देश्यले म्याग्दी उद्योग बाणिज्य संघ अन्र्तगतको महिला उद्यम विकास समितिले मेलाको आयोजना गरेको हो । मेलाको उद्घाटन म्याग्दीका प्रमुख जिल्ला अधिकारी सागरमणि पाठकले गर्नुभएको हो ।
मेलामा खुल्ला नृत्य प्रतियोगिता, छेलो फाल्ने, लठो तान्न र अन्धनिशान प्रतियोगिता हुने जनाइएको छ । स्थानीय तथा राष्ट्रिय कलाकारहरुको पनि प्रस्तुती रहने जनाइएको छ ।

कार्यक्रममा प्रजिअ पाठक, नेपाली काँग्रेसका सचिव माधव रेग्मी, एमालेका अध्यक्ष हरिकृष्ण श्रेष्ठ, राप्रपाका अध्यक्ष एकेन्द्र रावल, म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष जिवनबहादुर विश्वकर्मा र पुर्व अध्यक्ष सुर्दशनकुमार श्रेष्ठले मन्तब्य व्यक्त गरेका थिए । मेला स्थलमा स्थानीय उत्पादनको स्टल समेत राखिएको छ ।
महिला उद्यम विकास समितिका सभापति अमृता भण्डारीको अध्यक्षता र महासचिव लक्ष्मी भण्डारी कार्कीको सञ्चालनमा उद्घाटन कार्यक्रम सम्पन्न भएको थियो ।
प्रतिक्रिया राख्नुहोस्