म्याग्दीको सुरक्षा सुदृढीकरणका लागि प्रहरी कार्यालयको योजना तयार ः प्रनाउ खड्का
सन्तोष गौतम/विकल्प
म्याग्दी,माघ १ गते ।
जिल्ला प्रहरी कार्यालय म्याग्दीले सुरक्षा अवस्था सुदृढीकरणका लागि पाँचबुदे योजना तयार पारेको छ ।
जिल्लामा शान्ति सुरक्षा कायम गर्दै विकृती र अपराध न्युनीकरणका लागि तयार पारिएको कार्ययोजना शुक्रबार पत्रकार भेटघाट आयोजना गरि सार्वजनिक गरिएको हो । नवआगन्तुक प्रहरी नायव उपरिक्षक विश्वराज खड्काले हाल जिल्लाको शान्ति सुरक्षाको अवस्था सामान्य रहेपनि यसलाई थप व्यवस्थित र सुदृढ बनाउन योजना तयार पारिएको बताउनुभयो ।
बैदेशिक रोजगारीका कारण समाजमा बढ्दो सामाजिक विकृती र पारीवारीक बिखण्डन तथा घरेलु हिंसाको समस्या न्युनीकरणका लागि प्राथमिकता दिइएको प्रनाउ खड्काले बताउनुभयो । म्याग्दीको सुरक्षामा मेलाजात्रा चुनौतीको रुपमा देखिएकाले त्यसलाई सुरक्षित र ब्यवस्थित बनाउने प्रहरीको योजना छ ।
यसैगरी लागुऔषध ओसारपोसार, दुब्र्यसनी र दुर्घटना न्युनीकरणका लागि चेकजाचमा कडाई गर्नुका साथै चेतनामुकक कार्यक्रम गरिने प्रनाउ खड्काले बताउनुभयो । नाकाबन्दीसंगै बढेको महँगी नियन्त्रण र सार्वजनीक तथा ढुवानीको भाडादर ईन्धन आपुर्ती सहज भएकाले समायोजन गर्न प्रशासन र व्यवसायीसंग छलफल अघि बढाएको प्रनाउ खड्काले जानकारी दिनुभयो ।
कार्यालयका अनुसार विपद् व्यवस्थापनका लागि पर्याप्त उपकरणको ब्यवस्था गर्न लागिएको छ । प्रहरी कार्यालयमा पहिरो, आगलागी जस्ता विपद्को समयमा उद्धारमा प्रयोग हुने उपकरणहरु पर्याप्त नहुँदा समस्या भएको छ ।
प्रतिक्रिया राख्नुहोस्