जिविस म्याग्दीका कर्मचारीहरुलाई सूचना प्रबिधि तालीम
विकल्प न्यूज /बेनी
पुस २९ गते ।
जिल्ला विकास समितिको कार्यालय म्याग्दीमा कार्यरत कर्मचारीहरुलाई सूचना प्रबिधि सम्बन्धि तालीम प्रदान गरिएको छ ।
स्थानीय शासन तथा सामुदायीक विकास कार्यक्रम अन्तरगत जिविसले पुस २४ देखि २७ गतेसम्म सञ्चालन गरेको तालीममा जिविसका अधिकृत, प्राबिधिक र विभिन्न शाखामा कार्यरत २५ जना कर्मचारीहरुको सहभागिता रहेको थियो ।
जिविसको काम कारबाहीलाई सूचना प्रबिधिको प्रयोग मार्फत छिटो, छरिटो र प्रभावकारी बनाउन कर्मचारीहरुको क्षमत्ता अभिवृद्धी गर्ने उद्देश्यले तालीमको आयोजना गरिएको हो ।

तालीमको स्थानीय विकास अधिकारी चिरञ्जिवी पौडेल, शाषन विज्ञ सन्तोष पन्थी, सूचना प्रबिधि विज्ञ एकेन्द्र लम्साल, सूचना प्रबिधि स्वमसेवक प्रविण पौडेल, सूचना अधिकृत पदम भण्डारीले सहजिकरण गर्नुभएको थियो ।
उक्त कार्यक्रमको अवसरमा जिविसको वेवसाईटलाई एन्ड्रोईड प्रबिधिबाट पनि हेर्न सक्ने एप्सको स्थानीय विकास अधिकारी पौडेलले सुरुवात गर्नुभएको थियो । जिविस म्याग्दी पछिल्लो समय प्रबिधि उन्मुख बनेको छ । विद्युतीय हस्ताक्षर, डिजीटल नागरीक बडापत्र प्रयोगमा ल्याएको जिविसको वेवसाईट पनि निरन्तर अपडेट हुन थालेको छ ।
जिविसले विद्युतीय प्रबिधिबाट ठेक्का प्रस्तावको काम गर्ने र प्रबिधिको प्रयोग मार्फत कार्यालयको सेवालाई कागजरहित बनाउने योजना रहेको छ । यसअघि पनि जिविसले गाविस सचिव र विभिन्न शाखाका कर्मचारीलाई लाखौ खर्च गरेर दिएको सूचना प्रबिधि सम्बन्धि तालीम लिएकाहरुले ब्यवहारमा प्रयोग नगर्दा लक्ष्य हाँसील गर्न भने चुनौती देखिएको छ । सन्तोष गौतम


प्रतिक्रिया राख्नुहोस्