म्याग्दीमा राप्रपा नेपालले मनायो पृथ्वी जन्यन्ती
विकल्प /म्याग्दी
पुस २७ गते ।
नेपाल एकिकरणकर्ता स्वर्गीय पृथ्वीनारायण शाहको २९४ औ जन्म जयन्ती म्याग्दीमा पनि सोमबार मनाइएको छ ।
राप्रपा नेपाल म्याग्दीले बेनीमा एक कार्यक्रमको आयोजना गरेर शाहको जन्मजयन्ती मनाएको हो । उक्त कार्यक्रममा राप्रपाका जिल्ला स्थित नेता तथा कार्यकर्ताहरुले स्वर्गीय शाहको तस्विरमा माल्यार्पण गर्दै उहाँको योगदानको चर्चा गरेका थिए ।
राप्रपा नेपाल म्याग्दीका अध्यक्ष पहलबहादुर खत्रीको अध्यक्षता र सचिव गब्य परियारको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो । सन्तोष गौतम

प्रतिक्रिया राख्नुहोस्