नव कालिगण्डकी सहकारीको अध्यक्षमा ः देविलाल चपाई
धिरन खत्री /विकल्प
पर्वत बेनीमा रहेको नव कालिगण्डकी बचत तथा ऋण सहकारी सस्थाको १०औँ बार्षिक साधारणसभा तथा चौथौं अधिवेशन सम्पन्न भएको छ।
अधिवेशनले पुन देविलाल चपाईको अध्यक्षतामा नयाँ सञ्चालक समिती चयन गरेको छ। उतm समितिको उपाध्यक्षमा दिलबहादुर बरुवाल, सचिव ठाकुप्रसाद रेग्मी,सह सचिवमा ध्रुव रेग्मी, कोषाध्यक्षमा चित्रबहादुर घर्ति क्षेत्री निर्वाचित भएका छन्।
यसै गरी सदस्यहरुमा जयबहादुर खत्री, नरबहादुर थापा, कृष्णराज सुवेदी, चन्द्रिका सापकोटा, लक्ष्मीकुमारी जिसी र चित्रराज रेग्मी चयन भएको सहकारीका प्रबन्धक शेषराज रेग्मीले जानकारी दिए ।

यस्तै अधिवेशनले लेखा समितिको संयोजकमा लोकनाथ रेग्मी, सदस्यमा कृष्णप्रसाद सापकोटा र दिल्लीराज रेग्मीलाई मनोनित गरेको सहकारीले जनाएको छ ।
साधारणसभामा प्रमुख अतिथि जयश्वर आचार्यले सहकारीले आफ्ना शेयर सदस्यहरुलाई भरपर्दो रुपमा सेवा दिन सधै तत्परता हुनुपर्ने बताए । उनले सहकारीको माध्यमबाट समाजमा आर्थिक विकास गर्न सकिने प्रशस्त संभावना भएको उनको भनाई थियो । मुलुकमा पछिल्लो समय आर्थिक क्षेत्रमा सहकारीको भूमिका बढेको बताउँदै उनले सहकारी आर्थिक क्षेत्रको मेरुदण्ड भएको विचार व्यक्त गरे ।
साधरणसभामा दलबहादुर खत्री, लोकनाथ, रेग्मी, कल्पना सुवेदी र रत्न थापा लगायतको उपस्थिती रहेको थियो । साधरणसभामा अध्यक्ष देविलाल चपाईले सहकारीको प्रगति प्रतिवेदन र लोकनाथ रेग्मीले लेखा प्रतिवेदन प्रस्तुत गरेका थिए । कार्यक्रममा भिष्म मल्लको र ठाकुरप्रसाद रेग्मीले स्वागत मन्तव्य राखेका थिए भने देविलाल चपाईको अध्यक्षता र सचिव दिलबहादुर बरुवालको सञ्चालनमा साधरणसभा सम्पन्न भएको थियो ।
प्रतिक्रिया राख्नुहोस्